यातायात व्यवसायीको कुटाईबाट पत्रकार घाइते – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper
बसको ठक्करबाट महिलाको मृत्युपछि आफन्तको आन्दोलन

यातायात व्यवसायीको कुटाईबाट पत्रकार घाइते

सुर्खेत – सुर्खेत बसपार्क नजिक बसको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तले गरेको विरोध प्रदर्शनको रिपोर्टिङमा गएका एक पत्रकार यातायात व्यवसायको कुटाईबाट घाईते भएका छन् ।

मृतकका आफन्त र यातायात व्यवसायीको झडपका क्रममा व्यवसायीको कुटाइबाट स्थानीय पत्रकार लाइका खबरका सञ्चालक बलबहादुर थापा घाइते भएका हुन् ।

यातायात व्यवसायी समितिका केही व्यक्तिले सिसाको बोतलले टाउकोमा हानेको प्रत्यक्षदर्र्शीले बताए । परोपकार मेडिकलमा प्राथमिक उपचारपश्चात उनको अहिले माया नर्सिङ्ग होममा उपचार भइरहेको छ ।

सुर्खेतको बसपार्कनजिकै जाजरकोटको छेडागाड नगरपालिका–६ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिकाको बामेखोला बस्ने ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट आइतबार मृत्यु भएको थियो ।

मृतकको परिवारलाई क्षतिपूर्ति र गाडी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै आफन्तहरू आन्दोलित छन् । बीरेन्द्रनगरको यरिचोक, बसपार्कअगाडि, मंगलगढी चोक, एयरपोर्ट चोकमा टायर बालेर मृतकका आफन्तले सडक अवरुद्ध गरेका छन् ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ फाल्गुन १, १६: ५२

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ फाल्गुन १, १६: ५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ फाल्गुन १, १६: ५२

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...