
काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र पत्रकार कृष्ण आचार्यलाई पितृशोक परेको छ । आचार्यद्वयका पिता यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा भाद्र २३ गते बिहान काठमाडौंको कीर्तिपुरस्थित निजी निवासमा निधन भएको हो ।
शर्मा लामो समयदेखि कलेजोका बिरामी हुनुहुन्थ्यो । स्वर्गीय शर्माको पार्थीव शरीरलाई भाद्र २३ गते नै पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको थियो ।
पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, प्रतिनिधिसभाका सम्मानीय सभामुख कृष्णबहादुर महरालगायत विभिन्न राजनीति दलका नेताहरु, नेपाल पत्रकार महासंघका पदाधिकारी एवं केन्द्रीय सदस्यहरु, पूर्वपदाधिकारीहरु, पत्रकारितासँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारी एवं नेपाली सञ्चार क्षेत्रमा रहेका पत्रकारहरु पशुपति आर्यघाट पुगि स्वर्गीय शर्माको पार्थिब शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । अध्यक्ष आचार्य स्वर्गीय शर्माका जेठा सुपुत्र हुन् । स्वर्गीय शर्माप्रति यस मिडियाको तर्फबाट पनि श्रद्धासुमन !
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...