राष्ट्रपतिद्वारा नेपाली क्रिकेट खेलाडीलाई सफलताको शुभकामना – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट खेलाडीलाई सफलताको शुभकामना

 

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेटको टोलीलाई सफलताको शुभकामना दिएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कप २०२३ को यात्रा आरम्भ गर्दै पाकिस्तानसँग पहिलो खेलमा सहभागी हुन लागेकोमा राष्ट्रपति पौडेलले बुधबार बिहान नेपाली टिमलाई सफलताको शुभकामना दिएका हुन्।

एसिया कप २०२३ अन्तर्गत आज पहिलो खेल नेपाल र पाकिस्तानबीच हुँदै छ । खेल पाकिस्तानमा हुँदै छ । खेल आज दिउँसो सवा ३ बजेटदेखि सुरु भएको छ।

नेपालले एसिया कपमा दोस्रो खेल भारतसँग खेल्नेछ। भारतसँगको खेल श्रीलङ्कामा हुनेछ। आज पाकिस्तानसँग खेलेपछि नेपाली टिम भारतसँग खेल्न श्रीलंका जानेछ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० भाद्र १३, १६: २१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८० भाद्र १३, १६: २१

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० भाद्र १३, १६: २१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...