नागार्जुन नगरपालिकामा सामुदायिक क्याम्पस प्रस्तावित – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

नागार्जुन नगरपालिकामा सामुदायिक क्याम्पस प्रस्तावित

काठमाडौं । काठमाडौं जिल्लाको १० नगरपालिकामध्ये विकट क्षेत्र मानिएको पश्चिम–उत्तरी भेगमा रहेको नागार्जुन नगरपालिकाको वडा नं. ६ स्थित उक्त क्षेत्रको सबैभन्दा पुरानो विद्यालयको रुपमा स्थापित सिताराम माध्यमिक विद्यालयलाई नागार्जुन सामुदायिक बहुमुखी क्याम्पस प्रस्ताव गरिएको छ ।

सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नागार्जुन नगरपालिकाको विशेष पहलमा उक्त सामुदायिक क्याम्पस स्थापना गर्न लागिएको आयोजकले बताएको छ ।

प्रस्तावित नागार्जुन सामुदायिक बहुमुखी क्याम्पसको बृहत सार्वजनिक भेलामा प्रमुख अथिति नेकपाका नेता एवम् ९ नं. क्षेत्रका संघीय सांसद कृष्णगोपाल श्रेष्ठले उक्त क्याम्पस बनाउन सरकारदेखि त्रिविसँग स्वीकृति लिनेसम्मको कार्य आफ्नो जिम्मेवारीभित्र परेको हुँदा क्याम्पस निर्माण गरी छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

९ नं. क्षेत्र ख प्रदेशका सांसद केशव पोखरेलले उक्त क्षेत्रमा सामुदायिक क्याम्पसका लागि ३ नं. प्रदेश सरकारले बजेट छुट्याएको हुँदा उक्त छुट्याएको बजेट नागार्जुन सामुदायिक बहुमुखी क्याम्पसकोे भवन बनाउन कजेट निकासा गर्ने बताए ।

त्यसैगरी क्षेत्र नं. ७ ख का प्रदेश सांसद प्रकाश श्रेष्ठले पनि ३ नं. प्रदेश सरकारको तर्फबाट जे–जति सहयोग गर्नुपर्ने हो सो कुरा गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे । पूर्वमन्त्री विक्रमबहादुर थापाले यस क्षेत्रमा सामुदायिक स्तरीय क्याम्पसको आवश्यकता भएको हुँदा यो क्याम्पस बनाउन राजनीति भन्दा माथि उठेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सरकारका सचिव चिरिञ्जिवी खनालले यस भेगको सबैभन्दा पुरानो विद्यालयलाई सामुदायिक क्याम्पस स्थापना गर्न लागेकोमा खुसी व्यक्त गरे । आफुले सरकारी नोकरी गरिरहँदा पनि यो विद्यालयमा स्वयमसेवकको रुपमा काम गर्न पाएको हुँदा फेरी पनि क्याम्पस निर्माण भएपश्चात् आफुले स्वयमसेवककै रुपमा सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न उक्त भेला कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बस्नेतले प्रस्तावित क्याम्पस बनाउन नगरपालिकाले नै पहल गरेको हुँदा क्याम्पस बनाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त भेलामा नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता एवम् २ नं. वडाअध्यक्ष खुमराज केसी, वडा नं. ५ का अध्यक्ष महेश रिमाल, वडा नं. ६ का वडाअध्यक्ष राजेन्द्र बुढाथोकी, वडा नं. ७ का वडा अध्यक्ष रमेशप्रसाद गौतम लगायतले क्याम्पस स्थापना गर्नका लागि सहयोग र सद्भाव रहने विश्वास व्यक्त गरे ।

उक्त प्रस्तावित क्याम्पसको सम्भाव्यता तथा अध्ययन समिति यस अगाडिनै संयोजक राजन पुरी, सदस्यहरु दिवाकर खनाल र सानुराजा पुरी रहेको समितिले रहेको समितिले अध्ययन प्रतिवेदन पेश गरेको थियो । सामुदायिक बहुमुखी क्याम्पस निर्माण गर्नका लागि उद्धव पुरी संयोजक रहेको २७ सदस्यीय तदर्थ समितिलाई भेलाले अनुमोदन समेत गरेको छ ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७६ पुष ७, ०७: २७

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७६ पुष ७, ०७: २७

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७६ पुष ७, ०७: २७

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...