
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि र जर्मनी सरकार तथा जर्मन विकास बैंकका प्रतिनिधिबीच शुक्रबार भएको भेट र छलफलपछि जर्मनी सरकार थानकोटमा प्रसुति अस्पताल बनाउन सहमत भएको हो।
जर्मन सरकारको सहकार्यमा जर्मन विकास बैंकबाट करिव एक अर्व रुपैयाा बराबरको रकम निकासा हुने भएको छ । प्रसुति विशेषज्ञ अस्पतालको निर्माणका लागि जर्मन बिकास बैंकबाट बजेट निकासाको कार्य शुक्रबार सम्पन्न भएको छ।

सो अस्पताल निर्माणको लागि जर्मनी सरकारद्वारा प्राविधिक तथा कन्सल्टेन्ट छनौट कार्य पनि शुक्रबार सम्पन्न भएको छ। शुक्रबार चन्द्रागिरी नगरपालिका पुगेको जर्मनी सरकारका प्रतिनिधिहरुले नगरपालिकाले संचालन गरेको स्थानीय स्वास्थ्य संस्था र तिनको प्रभावकारी संचालनको स्थलगत अध्ययन गरेको थियो।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र जर्मन बिकास बैंकका प्रतिनिधिबीच प्राथमिक अस्पताल थानकोटमा बैठक सम्पन्न भएको थियो।
नगरद्वारा संचालित प्राथमिक अस्पताल नजिकै निर्माण हुने अस्पताल निर्माण प्रकृयाको प्रगति विवरण र अब नगरपालिकाले गर्नु पर्ने कार्यहरुका बारेमा नगर र बैंका प्रतिनिधिहरुबीच विश्लेषण तथा छलफल भएको थियो।

बैठकमा नगरका प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, स्वास्थ्य शाखा प्रमुख, अस्पताल प्रमुख तथा जर्मन विकास बैंकका प्रतिनिधिहरुको उपस्थिति थियो।
नगर प्रमुख गिरिले नगरपालिकाले मन्त्रीस्तरिय निर्णयमार्फत उक्त अस्पतालको लागि जग्गा प्राप्तिको प्रकृया टुङ्गीसकेको जानकारी गराएका थिए। साथै सोही स्थानमा अर्को २५ शैयाको डायलासिस सेवा सहितको अस्पतालको पनि टेण्डर प्रकृया सकेर निर्माण कार्य भइरहेको छ। सो अस्पताल करिब १९ करोड लागतमा निर्माणाधिन छ।
यसैसाता नेपाल सरकारको स्वास्थ्य र अर्थ मन्त्रालयसँग जर्मन बिकास बैंकले सम्झौता गर्ने कार्यको प्रकृया अगापड बढ्ने कुरा पनि जर्मनी प्रतिनिधिले बताएका थिए।

थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माणपछि संचालन भएमा चन्द्रागिरि नगरवासीका साथै काठमाडौं जिल्लाका दक्षिणी र पश्चिमी भागका वासिन्दाले सहज र सरल सेवा पाउने विश्वास गरेको नगर प्रमुख घनश्याम गिरिले नयाँ विकल्प डटकमलाई बताए।


वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...