
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ।
उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित गुुड्दै आएको बा.५ख ५२८० नम्वरको यात्रुवाहव माईक्रो बस असोज ११ गते विहीबार साँझ साडे सात बजे धोविखोला किनारा सुकेधारास्थित राजधानी पेट्रोल पम्प नजिकैबाट हराएको हो।
सो पेट्रोल पम्प नजिकै हायसका चालक राजु शाहले सवारी साधन धोएर खाना खान गएको बेला सवारी हराएको जनाए।
हराएको सवारी खोजि दिन ट्राफिक कार्यालयमा उजुरी गर्दा पहिले लिन नमाने पनि पछि उजुरी लिएको पीडितले जनाएका छन्।
देशको राजधानी जस्तो सुरक्षा संवेदनशील क्षेत्रमा साँझ नै सवारी साधन हराएपछि सवारी चालक र सवारीधनीहरु चिन्तित बनेका छन्। सिसिटिभि फुटेजको सहायताले सवारी चोर्ने व्यक्तिको ट्राफिक प्रहरीले पत्ता लगाउन सक्ने पीडितले जनाए।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...