
काठमाडौं। देशको पहिलो र ठूलो राष्ट्रिय अस्पताल ट्रमा सेन्टर अनियमितता र भ्रष्टाचारले थिलथिलो भएको छ।
चिकिसा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल मातहतको भए पनि हाल मेडिकल माफिया र निजी अस्पताल सञ्चालकको कब्जामा परेको छ।
निजीको अस्पताल र क्लिनिकको इसारा र स्वार्थमा सञ्चालित ट्रमा सेन्टरका प्रमुख डा.बद्री रिजालको भूमिकाले सेन्टर बेथिति र अनियमिततामा रुमलिएको हो। सेन्टरका प्रमुख रहेका डा.रिजाल आफै निजी अस्पताल सञ्चालक हुन्।
ट्रमा सेन्टरमा आकस्मिक विभाग तथा ओपिडीमा विभिन्न चोटपटक, सडक दुर्घटना, हाडजोर्नी, नसा सम्वन्धी घाईते र विरामी आउने गर्छन्।
यस्ता गम्भीर प्रकृतीका विरामीलाई पनि इमर्जेन्सीमा हप्तौंसम्म बेड खालि छैन भनी ईमर्जेन्सीमा राखिन्छ र विरामि र कुरुवालाई आजित पारेर त्यंहाँ कार्यरत डाक्टरको निजी अस्पताल र ट्रमाका निर्दशक कार्यरत अस्पतालमा जान बाध्य पारिन्छ र लाखौ असुलिने गरिएको छ।
भनसुन र जसोतसो बेड पाएर वार्डमा भर्ना भएका विरामीलाइृ पनि वेडमा महिनौंसम्म अपरेसन नगरि राखिने गरेको भुक्तभोगीहरु बताउँछन्। अपरेसन गर्नु परे पनि अपरेसनको महङ्गो औजार जो चिकित्सकले अपरेसन गर्ने हो उसैलाई कमिसन दिने ब्यापारीमार्फत वेड वेडमा ल्याएर व्यापार गरिने गरेको छ।
अस्पताल फार्मेसीमा उक्त औषधि र औजार राखिदैन र व्यापारी बोलाएर महङ्गोमा किन्न बाध्य पारिन्छ, उसको सामान नकिनेमा उपचारै र अपरेसन नै रोकिन्छ।
वेडमा भर्ना गरेका र ओपिडिमा उपचार र अपरेसन गर्न आउने विरामिलाई अहिले वेड खालि छैन तपाईंको पालो ४देखि ५ महिनापछि आउँछ भन्दै बिरामिलाई तपाईंको तुरुन्तै अपरेसन गर्नु पर्छ भन्दै अत्याइन्छ र फेरि भनिन्छ पैसा लाग्छ अपरेसन को २५देखि ३०हजार औषधि र औजार को छुट्टै ४० दलेखि ५० हजार रुपैयाँ लाग्छ भन्ने गरिन्छ ।
विरामिलाई फकाएर भोलि पल्टै अपरेसन गरिन्छ, अपरेसन लाग्ने औषधि आफुलाई कमिसन दिने ट्रमा सेन्टर पछाडिको पसलमा पठाइन्छ भने ३०देखि ४० हजारको हड्डीमा राख्ने पाता किला काटा आफुलाई कमिसन दिने व्यापारीसंग मगाइन्छ र अपरेसन कोठा अगाडि नै व्यापार हुन्छ।
गरिव विरामि लाई वेड छैन र पालो छैन भन्ने तर पैसा तिर्ने र आफुलई कमिसन आउने बिरामिलाई भने भोलिपल्ट नै अपरेसन यो कस्तो अस्पताल हो स्वास्थ्य मन्त्रीज्यूू सरकारी कि निजी?
ट्रमाका प्रमुख डा. रिजाल नियुक्ति भएपछि उनी आफ्नो निजी अस्पताल अल नेपा अस्पतालमा बिरामि पठाउने ,दिउसै कार्यालय समयमै आफ्नो निजि अस्पतालमा गएर बिरामि जाच्ने, ट्रमा सेन्टरमा नियमविपरीत प्रकृया नपुर्याइ लेनदेनमा ब्यवस्थापन समिति अध्यक्ष तथा प्रतिष्ठान रजिस्ट्रारलाई थाहै नदिई स्वास्थ्य मन्त्रीको नाममा कर्मचारी नियुक्ति गर्ने, अस्पतालमा पदपूर्ति समिति गठन गर्न भाजो हालि सिधा निवेदन र पैसा उठाई कर्मचारी नियुक्ति गरिरहेका छन्।
आफू निकटलाई टेन्डर दिन सेटेङमा टेन्टर आवाहन गरेका छन्। डा रिजालका कारण ट्रमा सेन्टरमा आर्थिक र प्रशासनिक अनियमितता बढेको छ भने बिरामिलाई लुटिएको छ। कसले ध्यान दिने हो डा रिजाल को गिरोह निजि अस्पताल र मेडिकल माफियाको योजनामा अहिले न्याम्स वीर अस्पताल नै कब्जा गरेर निजि अस्पताल जस्तो बनाउन प्रयास गरिरहेका छन्।
न्याम्सका उपकुलपति र स्वास्थ्य मन्त्रीको ध्यान अहिलेसम्म डा.रिजालको हर्कत र क्रियाकलापतर्फ गएको देखिँदैन् । जसले गर्दा विरामीहरु राज्य कोषबाटम संचालित अस्पतालबाट सेवा होइन दुख पाईरहेका छन्।

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...