
काठमाडौं । राजधानीको चन्द्रागिरि नगरपालिकाले एक दिने सवारी साधनमा फोहोरमैला व्यवस्थापन सम्वन्धी जनचेतनामूलक स्टिकर टाँस तथा निःशुल्क सवारी साधन परीक्षण शिविर आयोजना गरेको छ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले सो शिविरको तुल पढेर शुरुवात गरेका थिए ।
चन्द्रागिरि नगरपालिकाले नेपालमै पहिलो पटक सवारी साधानको निःशुल्क परिक्षण गर्ने शिविर आयोजना गरेको बताईएको छ ।
सो अवसरमा नगरपालिकाका प्रमुख घनश्याम गिरि, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका प्रमुख प्रशासकिय अधिकृत हेमराज अर्याल, युएसआईडी स्वच्छ हावा परियोजनाका प्रतिनिधि तथा वातावरणबिद् भूषण तुलाधर, थानकोट ट्राफिक पोष्ट प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक एकराज धमला, नगरका ४ नम्वर वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, २ नम्वर वडाध्यक्ष भाईकृष्ण तामाङ र ६ नम्वर वडाध्यक्ष संजय सिग्देलको समेत उपस्थिति थियो।

सवारी साधनको प्रदुषण परिक्षण राजधानीवाहेकका जिल्लामा समेत प्रारम्भ गरेमा राजधानी प्रवेश गर्ने सवारीबाट हुने प्रदुषणलाई नियन्त्रण गर्न सकिने बताईन्।

सो शिविर आयोजनाको लागि प्रहरी बृत्त थानकोट, ट्राफिक प्रहरी प्रभाग, थानकोट, संयुक्त राष्ट्रसंघीय सहयोग नियोग (युएसआईडी)को स्वच्छ हावा कार्यक्रम, सवारी परीक्षण कार्यालय, टेकु, यातायात व्यवसायी, चन्द्रागिरि र सिप्रदी ट्रेडिङ प्रालिको सहयोग गरेको थियो।

सो अवसरमा नगरप्रमुख गिरिले ट्राफिक पोष्ट प्रमुख धमलालाई प्रदुषणमुक्त भएका सवारीमा टाँस गरिने स्टिकरका प्रतिहरु हस्तान्तरण गरेका थिए।


वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...