
काठमाडौं। नेपाली कांग्रेसले आगामी असोज २९ गतेभित्र महासमिति सदस्यहरुको चयन गरिसक्न पार्टीका सम्वन्धित जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको छ।
नेपाली कांग्रेसको दुई वर्षअघि भएको १४औं महाधिवेशनको बेला समेत २५ वटा जिल्लामा महासमिति सदस्यहरुको चयन गरिएको छैन्।
नेपाली कांग्रेसले आगामी मंसिर १३ देखि १५ गतेसम्म महासमिति बैठक बोलाएको छ। बैठकमा सहभागी हुने प्रतिनिधिहरु नै कतिपय जिल्लाका क्षेत्रले चयन गरेका छैनन्।
एक सय ६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये प्रत्येक क्षेत्रबाट ११ जना महासमिति सदस्यको चयन गर्नु पर्ने हुन्छ।
निर्वाचन समितिका अनुसार ४५ जिल्लाको महासमिति प्रतिनिधि छनोट पूर्ण रुपमा भइसकेको छैन्। एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका अधिकांश क्षेत्रमा प्रतिनिधि छनोट भएको छैन।
कोशी प्रद्शको मोरङ, सुनसरी, झापाका केही क्षेत्र र भोजपुर, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाजस्ता एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट समेत प्रतिनिधि छनोट भएका छैनन्।
मधेश प्रदेशको पर्सा जिल्लाको सबै क्षेत्रबाट, धनुषाको दुई क्षेत्रबाट, महोत्तरीको ३ क्षेत्र र सर्लाहीको २ क्षेत्रमा महासमिति सदस्यको छनोट भएको छैन्।
त्यस्तै,गण्डकी प्रदेशको पर्वत, म्याङ्दी, बागलुङ र लमजुङबाट, कर्णाली प्रदेशको सल्यान र दैलेखबाट महासमिति सदस्यको चुनाव गर्न बाँकी छ। सुदूरपश्चिममा डोटी, कैलाली र कञ्चनपुरका प्रतिनिधिका लागि चुनाव हुन बाँकी छ।
कांग्रेसको विधान अनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...