ट्रमाका प्रमुख डा.रिजालद्वारा ओम सर्जिकललाई टेण्डर दिने रणनीति – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

ट्रमाका प्रमुख डा.रिजालद्वारा ओम सर्जिकललाई टेण्डर दिने रणनीति

काठमाडौं। ट्रमा सेन्टरका प्रमुख डो बद्री रिजालले रगतको जाँचमार्फत रोग पत्ता लगाउन प्रयोगशालाको किट एजेण्टहरुको मिलेमतामो आफू निकटको डिसओभन ओम सर्जिकललाई दिने रणनीति बनाएका छन्।

उनले गत भदौ २० गते टेण्डर आव्हान खुलाएका थिए। टेण्डर दर्ता गर्ने अनितम म्याद असोज १९ गते शुक्रबारसम्म रहेको छ ।

रिजालले ३४ किसिमको ल्यावको किट्स र अन्य सामग्रीको ढुवानीसहित आपूर्तीको लागि आफू निकटलाई मात्रै हुने गरी विश्वा स्वास्थ्य संगठनको प्रि–क्वालिफाइड नभएकोलाई दिने गरी एबोट बायोलाईन ईण्डियाबाट उत्पादित किट मात्र खरिद गर्न लागेका छन्।

आफ्नो स्वार्थअनुकलु स्पेसिफिकेसन बनाएका ढकालले एबीओ ब्लड गु्रपिङ हन्ड्रेड, सबैभन्दा बढी एचआईभी एण्टिबडी टेष्ट सेन्सिटिभिटी ९८ प्रति स्पेसिफाईसाइट ९८ प्रतिशत ८ हजार किन एचसीभी एन्टिबडी टेष्ट किट ८हजार पिस, एन्टी एबी १५० किट, र २५०० पिस सिफिल एन्टिबडी टेष्ट भिडिआरएल तथा ट्रोपोनाईन एक हजार टेष्ट किन खरिद गर्न लागेका छन्।

निर्देशक ढकालले सो टेण्डर आफू निकटको डिभोसन र ओम सर्जिकलाई दिएर करोडौं कमिसन लिने तयारी गरेका छन्।

अन्य व्यापारीले विरोध जनाए पनि प्रमुख डा. रिजालले स्वास्थ्य मन्त्रीको नाम लिँदै यो टेण्डर अरुलाई दिन्न भन्दै हिँडेका छन्।

रोग पत्ता लगाउने जस्तो गम्भिर प्रकृतिको किटमा गुणस्तरहिन र मानवस्वास्थ्यलाई हानी गर्ने गर्ने गरी उनको यो कदमप्रति सेन्टरका अनय चिकित्सकहरु असन्तुष्ट बनेका छन्।

रिजालको कमिसनको मोहले गरिएको यस्तो टेण्डरमा एउटा मात्र कम्पनीलाई फाईदा पुग्ने र अरुले प्रतिष्पर्धा नै गर्न नपाउने गरी एकाधिकार लाद्न खोज्ने रिजालको सो कदम रोक्न ट्रमा सेन्टरका ल्यावका कर्मचारीहरुले आवाज उठाएका छन्।

आफ्ना सहकर्मीको सुझावलाई लत्याएका डा. रिजालबिरुद्ध असन्तुष्ट कर्मचारीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वाजनिक खरिद कार्यालय र स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा छनबिनको लागि माग गरेका छन्।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० आश्विन १८, १८: ४०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८० आश्विन १८, १८: ४०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० आश्विन १८, १८: ४०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...