
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ १०देखि १२ गते भित्र कुनै दिन निर्वाचन गर्न प्रस्ताव गरेको छ।
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने प्रस्ताव अघि सारे।
यस्तै प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको बताए ।
फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसदको ६ वर्षे पदावधि समाप्त हुँदैछ । निर्वाचनसदस्य रिक्त हुनुभन्दा एकमहिना अघि निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। एक जनालाई भने राष्ट्रपतिले मनोनित गर्नु पर्ने छ। संविधान अनुसार हरेक दुई वर्षमा राष्ट्रिय सभाका एक तिहाई अर्थात २० सदस्यको पदावधि समाप्त हुने गर्छ।
यी हुन आगामी फागुन २० गते म्याद समाप्त हुने २० सांसद-
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति समेत रहेकी दिलकुमार रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई ।
त्यस्तै तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएकी विमरा राई पौड्याल, नेपाली कांग्रेसका संसदीय दलका नेता रमेशजंग रायामाझी, प्रमुख सेचतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र तिजेन्द्र नारायण देव।
माओबादी केन्द्रकी विना पोखरेल, महेशकमाुर महरा र हरिराम चौधरी ।
नेकपा एकीकृृत समाजबादीका नन्दा चपाइँ र सिंहबहादुर विश्वकर्मा, जनता समाजबादी पार्टीकी सांसद तथा शिक्षा, विज्ञान तथगा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटा ।
एमाले सांसद खिमलाल भट्टराईले गतवर्ष पदबाट राजिनामा दिएपछि कुमार दशौंदी र २०७८ सालमै सांसद रामबहादुर थापा मगर (वादल) लाई पदमुक्त गरिएपछि खिमलाल देवकोटा सांसद पदमा निर्वाचित भएका हुन् ।
भट्टराई र मगर दुवैको कार्यकाल यही फागुन २० सम्म थियो ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...