
काठमाडौं । विभिन्न मानिसले प्रेमको परिभाषा विभिन्न दिने गरेको पाइन्छ, हुन पनि सुन्दरता आँखा पिच्छे फरक हुने कुरा हो । प्रणय अर्थात प्रेम एक प्रेमी–प्रेमिकाको जोडिसँग मात्र नभई आफ्नो आमाबाबु, साथीभाइ, इस्टमित्रसँग पनि प्रेम दर्साउन सकिन्छ भन्ने मान्यता सहित प्रणय दिवसको दिन कपन स्थित केयर बालगृह (Care Child Orphanage) आश्रममा रहेको बालबालिकासँग हेल्फ फर हेप्पिनेस काठमाडौं (HFH)ले खानपान सहित भारी मात्रामा खाद्यान्न सामग्री हस्तान्तरण गरेका छ ।

कलेज पढ्ने विद्यार्थीहरुले बालबालिकाले महिना दिन खान पाउँछन् भन्ने उद्देश्यले त्यस स्थानमा दोस्रो पटक यस कार्यक्रम आयोजना गरेको हो । पहिले चौथो वार्षिकोत्सब पछि अन्य थुप्रै सामाजिक संस्थाहरुले कार्यक्रम गरेको कुरा एच.एफ.एच. काठमाडौंका संयोजक महेन्द्र बस्यालले बताए ।
केयर बाल गृहका पुस्पा अधिकारीले सुरुका दिनमा जति जति उत्साही र आत्मविश्वासको साथ यस बालगृहको स्थापना गरेता पनि केही बर्षपछि उनी आर्थिक कारणले हिम्मतै हार्न थालि सकेको समेत बताइन् । यस्ता कयौं रातहरु भोकभोकै गुजार्दै ति दिनहरु यी नानिहरुसँग बसि म धुरधुर रुन्थे । कहिले काहीँ सोच्थे कतै मैले सेवा गर्ने बहानामा पाप गरिरहेको छुइन ?

यस्ता कयौं सामाजिक संस्थाहरु छन्, म नाम बताउदिन जसलाई मेरो नानिहरु भोकै छ, २ बोरा चामल देउ पछि फिर्ता गर्छु भनेर हार गुहार गर्दा पनि पत्याएनन् ता कि उनिहरुसँग बर्षौलाई पुग्ने खाद्यान्न थियो । उल्टै मलाई होटेलमा बोलाएर यति पैसा दिन्छु, मान्छको कमी थिएन् भन्दै गुनासो समेत पोखिन् । मान्छेलाई पर्ने आवश्यकताको गलत फाइदा उठाउन खोज्छन् । मलाई सदैब लाग्छ भगवान छन् ।
त्यस दिनहरुमा नि ल आज चामल सक्यो है, भनेपछी कसै न कसैले ल दिदी हामिले यति यति सामान लिएर आउदैछौ, भनेर फोन आउने भन्दै बताईन् । मलाई भगवान आउन नसक्ने भएर उहाँहरु आउनु भएको जस्तै लाग्थ्यो । महेन्द्र जो एच.एफ.एचको प्रेसिडेन्ट हुनुहुन्छ । उहाले आउने बित्तिकै आज त दिदी हसिलो हुनुहुन्छ त भन्नू भयो, म साच्चै खुशी छु हिजोको दिनको तुलनामा मान्छेलाई सुख त कहाँ आउँछ र त्यो त महसुस गर्ने कुरा हो ।
तर हिजोको दिनको जस्तो आजको लागि आज नै जुटाउनु पर्ने अवस्था छैन भन्दै खुसी व्यक्त गरिन् । अन्त्यमा एच.एफ.एच काठमाडौंले प्रत्येक महिना २ बोरा चामल बाल केयर गृहलाइ दिने र अन्य सकेको सहयोग गर्ने प्रतिबद्धता सहित एच.एफ.एच काठमाडौंले सो कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...
काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...