
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट प्रदेश नम्वर ५ बाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यायको शुक्रबार विहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको दुई वर्षे कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो ।
२०४१ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्धता जनाएसँगै राजनीतिमा क्रियाशिल उपाध्याय रुपन्देही कांग्रेसमा प्रभावशाली नेताको रुपमा चिनिन्थे । रुपन्देहीबाट नियमित रुपमा भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गर्दै आएका थिए । पिता जंगीप्रसाद उपाध्याय र माता सोनमति उपाध्यायको सुपुत्र उपाध्याय २०२६ सालमा जन्मिएका थिए ।
उपाध्याय २०४६ को ऐतिहासिक जनआन्दोलनदेखि नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रहँदै सक्रिय रहेका थिए । २०५४ को स्थानीय निर्वाचनमा रुपन्देही जिल्लाको साविक मधुवनी गाविसमा उपाध्यक्ष पदमा निर्वाचित उपाध्याय २०६७ को बाह्रौं महाधिवेशन र २०७२ को तेह्रौं महाधिवेशनमा दुई कार्यकाल क्षेत्रीय सभापति थिए । २०७४ मा कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित उनी लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य तथा विभिन्न समाजिक संघ संस्थामा संलग्न थिए ।
उनको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले उपाध्यायको निधनको खबरले आफू अत्यन्त दुःखीत र स्तब्ध भएको जनाउँदै स्वर्गीय उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पु¥याउनु भएको जनाएका छन् ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...