
हेटौंडा। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार यहाँ विशेष साधारणसभा बोलाएको छ।
बाग्मती प्रदेशको राजधानी समेत रहेको हेटौडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध परेको अविश्वासको प्रस्तावको बारेमा छलफल हुने भएको छ।
गत भदौ २५ गते एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने भन्दै लिखित निवेदन दिएपछि एन्फाले आजको लागि विेशेष साधरण सभा बोलाएको हो।
नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तको माग आए पछि आजको साधारण सभामा अध्यक्ष नेम्वाङ र महासचिव राईले अविश्वास प्रस्तावको सामाना गर्नु पर्नेछ।
एक सय पाँच जना कूल सदस्य रहेको एन्फामा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ।
अध्यक्ष पंकज नेम्वाङलाई बर्खास्ती गर्ने एजेन्डासहित हुन लागेको विशेष साधारणसभाका दुई तिहाइ सदस्यले बर्खास्तीको पक्षमा मतदान गरेमा नेम्वाङ पदमुक्त हुनेछन्।
धुलाबारी फुटवल क्लव झापामा आवद्ध भएका नेम्वाङ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग निकट छन्।

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...