काठमाडौं । फुटबल डिफेण्डर दिनेश राजवंशी पक्राउ परेका छन् । उनीसहित ३ जनालाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
राजवंशीसहित पक्राउ परेका ४ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न ७ दिन म्याद थपेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित गराएर उनीहरुविरुद्ध अनुसन्धानका लागि समय लिइएको हो ।
राष्ट्रिय टिमबाट खेलिसकेका दिनेश पछिल्लो समय अष्ट्रेलियामा बस्दै आएका थिए । ११ महिना अस्ट्रेलिया गएका उनले त्यहाँ फुटबल खेल्दै आएका थिए ।
मंसिर ८ गतेदेखि सुरु हुने नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण खेल्न उनी नेपाल आएका थिए । उनलाई पोखरा थण्डर्सले आइकनिक खेलाडीका रूपमा अनुबन्ध गरेको थियो ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...