
काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज आइतबार हङकङ जाने भएको छ। हङकङमा हुने चारदेशीय शृङ्खला खेल्न टोली दिउँसो ३ः४५ बजे त्यसतर्फ उडेको हो।
इन्दु बर्माले नेपाली महिला टिमको कप्तानी सम्हालेपछि पहिलोपटक विदेश क्रिकेट खेल्न जाँदै गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान)का अनुुसार शृङ्खला कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा आयोजना गरिएको छ।
शृङ्खलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्नेछ। नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुनेछ।
नेपालले कात्तिक ३० गते आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...