पूर्वंसांसद ज्ञवाली, पूर्वमेयर शाक्य र राउतको निधन – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

पूर्वंसांसद ज्ञवाली, पूर्वमेयर शाक्य र राउतको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वसांसद भागवत ज्ञवालीको फागुन ६ गते उपचारको क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको छ । २००१ सालमा गुल्मी जिल्लामा जन्मिएका ज्ञवाली २०३३ सालमा नेपाली कांग्रेस गुल्मी जिल्लाको संस्थापक सभापति भइ २०४८ सालसम्म सो पदमा रही पार्टी संगठन विस्तार र सुदृढिकरणमा सक्रिय थिए । ज्ञवालीले कांग्रेसले आह्वान गरेको २०४२ सालको सत्याग्रहमा गुल्मी जिल्लाबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

ज्ञवाली वि.स. २०४८ सालको आमनिर्वाचनमा गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको सदस्य पदमा निवार्चित भएका थिए । प्रतिनिधिसभाको मानव अधिकार तथा परराष्ट्र समितिको सभापतिको जिम्मेवारी समेत वहन गरेका ज्ञवाली नेपाली राजनीतिमा सादगी, निष्ठावान एवं समाजवादी नेताका रुपमा परिचित थिए ।

यसैगरी स्वतन्त्रता सेनानी तथा ललितपुर उपमहानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको फागुन ४ गते ८९ वर्षको उमेरमा मेडीसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । नगरपालिका संघको पूर्वकेन्द्रीय अध्यक्ष र नेपाल प्रजातन्त्र सेनानी संघको पूर्वजिल्ला सभापति समेत रहेका शाक्यले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा पार्टीको संगठनमा सक्रिय भूमिका खेलेका थिए ।

त्यस्तै, नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका पूर्वमुख्य सचिव ज्ञानेन्द्रमान सिंह राउतको पनि यसै साता निधन भएको छ । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका राउत गत स्थानीय निर्वाचनमा कटारी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवार भएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद ज्ञवली, पूर्व मेयर शाक्य र पार्टी कार्यालयका पूर्वमुख्य सचिव राउतको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धाको निधनले कांग्रेसले क्षति बेहोर्नु परेको बताएका छन् ।

सम्बन्धित समाचार

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७६ फाल्गुन १२, ०६: ४७

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७६ फाल्गुन १२, ०६: ४७

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७६ फाल्गुन १२, ०६: ४७

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...