कोरोनाबाट युरोपियन देश प्रभावित मर्नेको सख्या ५ हजार – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

कोरोनाबाट युरोपियन देश प्रभावित मर्नेको सख्या ५ हजार

काठमाडौं । उत्तरी छिमेकी राष्ट्र चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोप युरोपीयन देशमा समेत फैलिएपछि विश्वको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । जसले गर्दा मानिसको जीवन शैलीलाई नै समस्याग्रस्त बनाउन थालेका छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरण अनुसार हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या .४ हजार ९ सय ८४ पुगेको छ । कोरानो भाइरसकको संक्रमणबाट हालसम्म १ लाख ३४ हजार ९ सय ४ जना प्रभावित बनिसकेका छन् । तर, संक्रमितमध्ये ७० हजार ३ सय ९४ जनाको भने सफल उपचारपछि घर फर्किसकेका छन् ।

कोरोना भाइरसका युरोपियन देशहरु इटाली र स्पेन नराम्ररी प्रभावित भएका छन । पछिल्लो विवरण अनुसार इटलीमा मात्रै १ सय ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा ६३ जनाको मृत्यु भएको छ ।

इटलीमा ३ हजार ४ सय ९७ जना नया संक्रमित देखिएका छन भने भने इरानमा १ हजार ३ सय ६५ र स्पेनमा १ हजार १ सय ५९ नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण देखिएको चीनमा पछिल्लो एक दिन यता १० जनाको मृत्यु भएपनि एक जना पनि नयाँ बिरामी नदेखिएको जनाइएको छ ।

गत डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण पत्ता लागेपछि पहिलो पटक नयाँ संक्रमित हाल नभेटिएका हुन् । इरानमा पछिल्लो पटक थप ९७ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ सय ११ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ४ सय ५ जनाको मृत्यु भएको छ भने ११ हजार ५१ जना नयाँ संक्रमित भेटिएका छन् । यसरी नयाँ संक्रमित हुनेमा सबैभन्दा बढी युरोपेली मुलुकका छन् ।

हालसम्म चीनमा ३ हजार १ सय ९९, इटालीमा १ हजार ४ सय ४१, इरानमा ६ सय ११, दक्षिण कोरियामा ७५, स्पेनमा १ सय ९६, जर्मनीमा ९, फ्रान्समा ९१, अमेरिकामा ५७, स्वीट्जरल्यान्डमा १३, बेलायतमा २१, नेदरल्यान्डस्मा १२, जापानमा २२ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन् । चीनपछि सबैभन्दा बढी इटलीमा संक्रमित र मृत्यु हुनेको संख्या रहेको छ । युरोपमा इटलीपछि स्पेन प्रभावित बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १ सय ४२ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमितको सख्या बढ्न थालेपछि पाकिस्तानले विदेशी मुलुकसँगको हवाई सम्वन्धमा प्रतिवन्ध लगाएको छ । त्यहाँको सरकारले शनिबारदेखि सबै कलेज, विद्यालय र हलहरु बन्द गर्न तथा स्वदेशका विद्यार्थीलाई घर फर्कन वा कोठामै सुरक्षीत बस्न निर्देशन दिइसकेको छ ।

जसका कारण उच्च शिक्षा अध्ययन गर्न पाकिस्तामा रहेका हजारौं विद्यार्थी समस्यामा परेका छन् । उनीहरुलाई नेपाल कसरी सुरक्षीत फिर्ता पठाउने भन्ने सम्वन्धमा नेपाल सरकारले कुनै कदम चालेको छैन भने पाकिस्तानका लागि नेपाली राजदूत सेवा अधिकारी र अन्य कर्मचारीले अनभिज्ञता व्यक्त गरेका छन् ।

विदेशस्थित नेपाली राजदूत र राजदूतावासको गैरजिम्मेवारपूर्ण व्यवहारबाट विदेशमा वस्दै आएका नेपाली नागरिकले सँधै दुख पाउँदै आएका छन् । जिम्मेवारी भन्दा सेवा सुविधा पाउने उदेश्यले कुटनीतिक क्षेत्रमा लागेका नेपाली कर्मचारीका कारण नेपाली नागरिकले समस्या पर्दा राहत पाउन नसकेका हुन् ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७६ चैत्र ३, ०६: २२

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७६ चैत्र ३, ०६: २२

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७६ चैत्र ३, ०६: २२

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...