नेपालको हरियो बत्ती निभ्यो – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

नेपालको हरियो बत्ती निभ्यो

काठमाडौं । विश्व स्वास्थ्य संगठनको साइड ओल्डो मिटर साइडमा हरियो बत्ती सोमबारबाट निभेको छ । आइतबार बेलुकीसम्म १ सय ९१ राष्ट्रमा फैलिएको नोभल कोरोना भाईरस कोभिड–१९ को महामारी नेपालमा पनि भित्रिएको छ । नेपालमा कोरोना भाईरसको संक्रमण भेटिपछि १ सय ९२औं राष्ट्रमा नेपाल परेको छ ।

आइतबार बेलुकीसम्म विभिन्न सामाजिक सञ्जाल तथा आफूलाई ठुला मिडिया भन्नेहरुले समेत झुठो समाचार सम्प्रेषण गरिरहेका थिए । तर सोमबार बिहान एकाएक नेपाली जनमानसमा पनि कालो बादल मडारियो । नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षिय एक महिलालाई कोभिड–१९ पोजिटिभ देखिएको पुष्टि गरेका छन् ।

सो आकस्मिक पत्रकार सम्मेलनपछि नेपालीहरुको आशा र भरोसामा तुषारापात हुन पुग्यो । ती महिला चैत्र ४ गते कतार एयरलाइन्सबाट दोहा हुँदै नेपाल भित्रिएकी थिइन् । ती महिलाको टेकु अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

आइतबार बेलुकीसम्म नेपालमा कसैलाई पनि कोरोना भाईरसको संक्रमण नभएको भन्दै कलम चलाइरहेका हामी जिम्मेवार पत्रकारहरुलाई यो समाचार लेख्नुपर्दा निराशा बनाएको छ । तरपनि कलमजिवीले आफ्नो कर्तव्य सम्झी समाचार सम्प्रेषण गर्ने प्रयास गरिरहेका छन् । हामी आशा गरौं केही समय अगाडि एक युवकलाई कोरोना भाईरसको संक्रमण देखिएतापनि निको भएको हुनाले ती महिलालाई पनि निको हुने आशा गरौं ।

नेपाली सञ्चारमाध्यमले जुनसुकै परिस्थतिमा पनि सिमित स्रोत साधनका बाबजुद आफ्ना सञ्चारमाध्यमबाट नेपाली जनताकाबीच समाचार सम्प्रेषण गरिरहेको इतिहास ताजै छ । तर अहिलेको परिस्थिति फरक र मानिसको ज्यानै निकै खतरामा परिरहेको अवस्थामा हामी हाम्रा पाठक वर्गहरुलाई सचेत रहन हार्दिक अपिल गर्दछौं ।

विसम परिस्थितिको सामना गर्न आफुपनि बचौं र अरुलाई पनि बचाउनका लागि केही समय धैर्यधारणा गर्दै आ–आफ्नो घरमा बसेर राष्ट्रिय क्षति हुनबाट जोगाउन सबैले सबै क्षेत्रबाट सहयोग गर्नुहुने अपेक्षा राख्दछांै ।

तसर्थ हामी हाम्रा पाठक वर्ग तथा आम नेपाली जनतामा जटिल परिस्थितिमा पनि समाचार सम्प्रेषण गर्न प्रयासरत छौं । तथापि हाम्रो देशनै केही समयका लागि लकडाउनपछि (जनता कफ्यू) बाध्यात्मक अवस्थामा समाचार सम्प्रेषण गर्न असमर्थ हुनेछौं ।

सम्बन्धित समाचार

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
  • २०७६ चैत्र १०, ०९: १६

काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...

२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
  • २०७६ चैत्र १०, ०९: १६

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
  • २०७६ चैत्र १०, ०९: १६

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...