
काठमाडौं । नेपाली राष्ट्रिय युवा फुटबल टोलीले चीनको किङ्घाई युथ फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
चाइनिज न्यु इयरको अवसरमा आगामी फेब्रुअरी १० मा काठमाडौंको दशरथ रंगशालमा उक्त खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालमा रहेको चिनियाँ राजदूत, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा दुई टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
एन्फाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत खेलका बारेमा जानकारी गराएको हो ।तर नेपालको कुन उमेर समूहको युवा टिम भन्ने खुलाएको छैन ।
प्राविधिक टोलीले नेपालको कुन युवा टोलीले खेल्ने पछि निर्णय गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ खेलको सहआयोजकमा छन् ।
मैत्रीपूर्ण खेल दशरथ रंगशालमा दिउँसो ३ बजे हुनेछ । खेलको लागि साधारण प्याराफिटतर्फत ३ सय र भीआईपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको एन्फाले जनाएको छ ।
खेलअघि उद्घाटन समारोह र यस्तै हाफ टाइममा पनि नेपाल र चीनबाट विभिन्न विशेष प्रस्तुतिहरु समावेश हुने एन्फाले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...