नेपाली सेनाद्बारा ‘Covid 19 Response’ एप्प तयार – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेपाली सेनाद्बारा ‘Covid 19 Response’ एप्प तयार

काठमाडौँ – हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस Covid 19 को प्रभावले नेपालमा पनि संक्रमण देखिएको र भविष्यमा महामारीका रुपमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सो रोगको रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने सन्दर्भमा सर्व-साधारणबाट सूचना प्राप्त गरि आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली सेनाले “COVID- 19 Response App – Nepal” नामक मोबाइल एप्प तयार गरि प्रयोगमा ल्याएको छ ।
सोमोबाइल एप्प को प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार, छर छिमेक तथा साथीभाईमा COVID-19 सम्बन्धि कुनै पनि लक्षण देखिएमा उक्त विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ । साथै, यस बिपद्को घडिमा जनमानसमा बिभिन्न किसिमका अफवाहहरुको फैलावट रोक्न र नेपाली सेनाको आधिकारिक सूचना प्रवाह गर्न समेत उक्त एप्पले सहयोग पुर्याउने छ । साथै सो मोबाइल एप्प मार्फत प्राप्त हुने डाटाहरुलाई नेपाली सेनाले आवश्यक ब्यवस्थापन, बिश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने बिज्ञप्तिमा उल्लेख गरेको छ ।
सो मोबाइल एप्प नेपाली सेनाको आधिकारीक वेभ साईट http://www.nepalarmy.mil.np बाट डाउनलोड गर्न सकिने छ भने हाललाई यो एप्प यानरोइड मोबाईल फोनको लागि मात्र तयार गरिएको छ र केहि दिनमा नै याप्पल मोबाइलको लागि समेत तयार गरिने बताएकोछ । उक्त एप्पको प्रयोग गर्न सुरुमा प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्ने हुन्छ र प्रयोगकर्ताले नेपाली सेनाले जारि गरेका सूचनाहरु सहज रुपमा प्राप्त गर्ने छन् । प्रयोगकर्ताले आफ्नो परिवार, छर छिमेक तथा साथी भाईमा Covid 19 सम्बन्धि कुनै लक्षण देखिएमा बिरामीको ब्यक्तिगत विवरण तथा लक्षणको विवरण उपलब्ध गराउन सक्नेछन् । बिरामीको लक्षणको विवरण प्रत्येक २४ घण्टामा एक पटक वा बिरामीको स्थितीमा परिवर्तन आएमा सोको विवरण पूनः अध्यावधिक गर्न समेत सो याप्पबाटै सकिन्छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७६ चैत्र १६, ०९: ३९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७६ चैत्र १६, ०९: ३९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७६ चैत्र १६, ०९: ३९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...