नेपाल पत्रकार महासंघ ६५ औं वर्षमा – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

नेपाल पत्रकार महासंघ ६५ औं वर्षमा

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ आज आफ्नो स्थापनाको ६५ औं वर्षमा प्रवेश गरेको

This image has an empty alt attribute; its file name is fnj-2.jpg

छ । स्थापना दिवसको अवसरमा बिज्ञप्ति जारि गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको बताउंदै आगामी दिनमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि महासंघको उद्देश्य हासिल गर्न अझ दृढतापूर्वक लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर सरकारले संसद्मा प्रस्तुत गरेका कतिपय कानूनमा आंशिक सुधार भए पनि सरोकारहरुको पर्याप्त सम्बोधन हुन नसकेको बताउंदै सञ्चार क्षेत्रमा अझै पनि संघीयता कार्यान्वयन हुन सकेको छैन र संक्रमणकै अवस्था कायम रहेको बताए ।

साथै, यसपटक विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको सक्रमणका कारण नेपालमा स्थापना दिवसका अवसरमा खुल्ला कार्यक्रम आयोजना गर्ने नसकेको भन्दै सम्पूर्ण सञ्चारकर्मीहरुलाई कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्री प्रवाह गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७६ चैत्र १६, १०: १७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७६ चैत्र १६, १०: १७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७६ चैत्र १६, १०: १७

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...