
काठमाडौं । बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर गरिएका लामिछानेको सजाय तोक्नलाई आज पेसी तोकिएको हो ।
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि १३ गतेनै आजको लागि पेसी तोकिएको थियो । पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले बलात्कार गरेको अदालतको ठहर छ ।
कानुनी प्रावधान अनुसार, लामिछानेलाई ७ देखि १० वर्षसम्मको कैद हुन सक्ने देखिएको छ ।
मुलुकी अपराध संहितामा १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...