कांग्रेस महामन्त्री डा. कोइरालाको अपिल – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

कांग्रेस महामन्त्री डा. कोइरालाको अपिल

नेपाली कांग्रेसका महामन्त्री डा. शसाङ्क कोइरालाले सम्पूर्ण स्वस्थाकर्मीहरुलाई यस बिसम परिस्थितिमा आफ्नो मनोबल उच्च राखी सेवामा लागिरहन आग्रह गरेका छन्। संक्रमण देखिएकाहरुको सम्पर्कमा आएकाहरुको खोजी गर्ने कार्यमा सरकारले ढिला सुस्ती गरेकोमा उनले दुस्ख प्रकट गरे। यद्दपि उनले आफ्नो पाँच बुंदे अपिलमा सरकारले गरेका प्रयासहरुमा नेपाली कांग्रेसको समर्थन रहेको बताएका छन्।

डा. शसाङ्क कोइराला

आफु पनि लामो समय सम्म चिकित्सक भएर सेवा प्रदान गरेकोले अहिलेको अवस्थालाई राम्ररी नियालेर हेरेको बताउंदै स्वस्थाकर्मीहरुका लागि यो अपिल गरेको बताए । उनले गरेका पाँच बुंदे अपिल:

१) कुनै पनि स्वास्थकर्मी निस्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहन्छन् बिरामीको उपचार गर्न । उनीहरुमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वब्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग हो ।

अत म नेपालभरिका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकुल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपील गर्दछु ।

२) स्वास्थकर्मीहरुका लागि अनिवार्य पीपिइको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो । यथासिघ्र देशब्यापी रूपमा पीपिइ पुर्‍याएर संभावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा स्वास्थकर्मीको मनोबल उच्च बनाउन म सरकारसँग अनुरोध गर्दछु ।

३) विश्व स्वास्थ संगठनले बढी भन्दा बढी परिक्षणका लागि अपील गरेको छ । हामी केवल टेकु स्थित रास्ट्रीय प्रयोगशालामा परिक्षण गरेर परिक्षणको चाप धान्न सक्दैनौं । केही थप ठाउँमा शुरु गर्न लागिएको सकारात्मक छ ,तर ७ प्रदेशमै परिक्षण गर्ने ब्यवस्था अब ढिलाइ नगरी शुरु गर्न र क्रमशः त्यसलाई सबै जिल्लामा विकेन्द्रीत गर्न म सरकारलाई विशेष अनुरोध गर्दछु ।

४) हालसम्म पांच जनामा कोरोना संक्रमण देखिएको छ । तर उनीहरु यसबीचमा घुलमिल भएको परिवारका सदस्य,छरछिमेकी एवं ब्यक्तिगत साथी समुहको परिक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दुः खद छ । तत्काल परिक्षण गर्ने ब्यवस्था मिलाउन म नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकारलाई अनुरोध गर्दछु ।

५ ) लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानी पुर्वक ल्याएर परिक्षण केन्द्रमा पुर्‍याउने ब्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु ।

जय नेपाल!

शसांक कोइराला

महामन्त्री

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७६ चैत्र १६, १४: २१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७६ चैत्र १६, १४: २१

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७६ चैत्र १६, १४: २१

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...