मेयरसँग जोडिएको किर्ते नागरिकता प्रकरणः छानबिन गर्न समिति गठन – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

मेयरसँग जोडिएको किर्ते नागरिकता प्रकरणः छानबिन गर्न समिति गठन

पर्सा । नागरिकता किर्ते प्रकरणमा जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन गरिएको हो । नागरिकता किर्ते प्रकरणमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नागरिकता किर्ते प्रकरणको बारेमा ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । रूबीना श्रेष्ठको नागरिकता सम्बन्धी हराएको प्रमाणको फाइल समितिले फेलापारि जाँचबुझ अगाडि बढाइसकेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार समितिले नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेललाई बयानका लागी बोलाइएको एक कर्मचारीले बताए । तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले राजेशमान सिंहलाई बाबुका रूपमा सनाखत गराएर नागरिकता वितरण गरे अनुसूची फारम भने अहिलेसम्म फेला परेको छैन ।

‘आमा बाबुको विवरण खुलाइएको फारम अझै भेटिएको छैन, जन्म दर्ता समेत रेकर्डबाट हटाइएको देखियो,’ भुसालले भने , ‘आन्तरिक अनुसन्धान सकिए पछि मेयर सिंहलाई मात्र बयानका लागि बोलाइने छ ।’ मेयर सिंहले भने नागरिकता प्रकरणमा जवाफ दिन वा सञ्चार माध्यमहरुसँग खुलेर कुरा गर्न आनाकानी गर्दै आएका छन् ।

नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंह सहित उनको नागरिकता नम्बर ३४१६०३८१७ उल्लेख छ । बुवाको प्रमाणको रूपमा सिंहकै नागरिकताको प्रतिलिपि पेस गरिएको छ । नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख गरिएको छैन ।

नागरिकता प्रकरणमा विभिन्न दलहरूको विरोध पछि गृह प्रशासन माथि दबाब बढ्दै गएको छ । बुधवार नगर प्रमुखले किर्ते गरेको प्रकरणको छानबिनको माग गर्दै वीरगन्जमा जुलुस प्रदर्शन भएको थियो । जुलुस पछि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जना स्थानीय नेताहरूले संयुक्त रूपमा जाहेरी दिएका थिए ।

नक्कली बाबु बनेर नागरिकता दिएको प्रकरणमा उनी विरुद्ध वीरगन्जका सचेत नागरिकको तर्फबाट विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएका हुन् । बुधवार वीरगन्जका सचेत नागरिक अगुवाहरूको समूहले मेयरविरुद्ध वीरगन्ज महानगरका विभिन्न स्थानहरू प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए पछि दबाब बढ्दै गएको छ ।

जाहेरीमा नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३ का ५३ वर्षीय मेयर राजेशमान सिंह र नागरिकता जारी गराएकी वर्ष २१ की युवतीलाई विपक्षी बनाइएको छ ।

जाहेरी दर्ता गराउनेहरूमा जसपाका स्थानीय नेता मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मुकेश द्धवेदी , जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेपाली काँग्रेसका नगर सदस्य सुलतान अन्सारी, नेकपा एमालेका मधेस प्रदेश सदस्य ल्याकत अली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेश पटेल र राप्रपाका नेता जलेश्वर सर्राफ लगायत रहेका छन् ।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८० पुष २७, ११: ५७

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० पुष २७, ११: ५७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० पुष २७, ११: ५७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...