आजदेखि एसियन कपः कतार आयोजक – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

आजदेखि एसियन कपः कतार आयोजक

दोहा । एसियन कप आज शुक्रबारदेखि सुरु हुँदैछ । कतार यसको आयोजक रहेको छ र यो नै प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । जापान भने उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासी हो ।

अनि सन ह्वेङ–मिनको दक्षिण कोरिया ६४ वर्षयता पहिलो पटक एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्ने उद्देश्यमा हुनेछ । कुल २४ टिमको सहभागिता रहेको प्रतियोगितामा अस्ट्रेलियादेखि प्यालेस्टाइनसम्मले आफ्नो चुनौती पेस गर्नेछ ।

प्रतियोगिता चार साता चल्नेछ र ८८ हजार दर्शक क्षमताको लुसिल स्टेडियममा फेब्रवरी १० मा फाइनल हुनेछ । यो खेलले फेरि एकपल्ट विश्वकपको त्यो फाइनललाई सम्झाउने छ, जुन १३ महिना अगाडि त्यहीं भएको थियो । त्यसमा लियोनल मेसीको अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराएको थियो । प्रतियोगिताको १८ औं संस्करण खासमा चीनमा हुनु पर्ने थियो, त्यो पनि एक वर्ष अगाडि नै । तर चीनको कोभिड–१९ नियमका कारण यो कतार सरेको थियो ।

विश्वकपमा जति पनि रंगशाला प्रयोगमा आए, ती सबै यसपल्ट पनि खेल हुनेछ । खालि स्टेडियम ९७४ लाई अपवाद छाडे । यसलाई अहिले सिपिङ कन्टेनर राख्न प्रयो गरिएको छ । विश्वकप ताका कतारले कमजोर मानवअधिकार र आप्रवासी कामदारप्रतिको दयनीय व्यवहारका कारण चर्को आलोचना सहनु परेको थियो । अधिकारवादी समूहका दाबी मान्ने हो भने यो स्थितिमा केही पनि परिवर्तन भएको छैन । तर कम्तीमा एसियनका बेला अहिले यो नै प्रमुख मुद्दा भने बनेको छैन ।

कतारले त्यस विश्वकप आयोजनाका क्रममा सबैको प्रशंसा बुटले पनि उसको टिम आफै भने मैदानमा असफल रह्यो । लिग चरणका तीन खेलमा लगातार पराजित रह्यो र प्रतियोगिताबाट बाहिरियो । आयोजक देशका रूपमा यो अहिलेसम्मकै सबैभन्दा खराव प्रदर्शन हो । त्यही पीडा उसका लागि आफूले यसअघि जितेको उपाधिको रक्षा गर्नका लागि प्रेरित गर्नेछ । तर यो काम आफैंमा सजिलो हुने छैन, किनभने कतारले भर्खरै मात्र आफ्ना प्रशिक्षक कार्लोस क्वरेजलाई वर्खास्त गरेको छ ।

उनको स्थानमा टिनटिन मारक्वेज आएका छन् र उनका सामु टिम निर्माण गर्ने पर्याप्त समय नै छैन । आजको पहिलो उद्घाटन खेल लुसिल स्टेडियममै हुनेछ र त्यसमा कतारले लेवनानको सामना गर्नेछ । सहभागी टिमलाई छ समूहमा विभाजन गरिएको छ । लिग चरणको समाप्तीमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टिम अन्तिम १६ मा पुग्नेछ । यस्तै प्रत्येक समूहको तेस्रो स्थानमा रहने टिममध्ये उत्कृष्ट चारले पनि नकआउट चरण खेल्नेछ ।

यसपटक जापानलाई बदला लिने अवसर मिल्ने छ । सन् २०१९ को फाइनलमा जापान कतारको हातबाट स्तब्ध भएको थियो, ३–१ ले । यूएईमा भएको त्यस प्रतियोगिताको त्यो हारको बदला लिने अवसर हुनेछ, जापानसामु, त्यो पनि कतारी भूमिमै । फेरि जापान एसियन कपको सबैभन्दा सफल टिम हो, उसले चार पल्ट यसको उपाधि जितेको छ । जापानको कतारी भूमिमा राम्रो खेलेको अनुभव पनि छ । उसले विश्वकपको समूह चरणमा जर्मनी र स्पेनलाई हराएको थियो । अन्तिम १६ को खेलमा जापान क्रोएसियासँग पेनाल्टीमा हारेको थियो ।

क्लिन्समन र मानचिनीमा सबैको नजर

दक्षिण कोरिया, इरान, अस्ट्रेलिया र साउदी अरेबिया पनि उपाधि जित्नका लागि सक्षम टिम हुन् र संयोगले यी सबै टिमले सन् २०२२ को विश्वकप खेलेको थियो । अनि यी सबै एसियन कपका पूर्वविजेता पनि हुन् । दक्षिण कोरियासँग सनका रूपमा एसियाकै सबैभन्दा उत्कृष्ट खेलाडी छ । उनी इंग्लिस प्रिमियर लिग क्लब टोटनहमका कप्तान पनि हुन् । त्यति मात्र होइन, कोरियाली टिमका प्रशिक्षक पनि उत्तिकै नाम चलेका जर्मन लेजेन्ड रहेका छन् र उनी हुन्, योर्गन क्लिन्समन ।

उनको प्रतियोगितालाई लिएर एक सूत्रीय नीति छ, सन् १९६० यता पहिलो पटक एसियन कप जित्ने । यो भन्दा कम्तीको उपलब्धि आफ्नो टिमका लागि असफलता सावित हुने दाबी पनि गर्छन्, उनी । साउदी अरेबियाली टिमका प्रशिक्षक पनि उत्तिकै लेजेन्ड छन् र उनी हुन्, रोबर्टो मानचिनी । र, अहिले विश्व राजनीति जसरी अगाडि बढिरहेको छ, त्यो अर्थमा सबैको ध्यान प्यालेस्टाइन टिममा पनि हुनेछ, जुन टिमका अधिकांस खेलाडीले पछिल्लो समय आफ्नो कोही न कोही नातेदार गुमाएकै छन् ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० पुष २७, १२: ४०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० पुष २७, १२: ४०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० पुष २७, १२: ४०

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...