
काठमाडौँ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम घोषणा गरेको छ ।
टिममा राष्ट्रिय टिमबाट खेलेका ११ खेलाडी छन् । टिममा कुशल भुर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, अर्जुन साउद र दिलीप नाथ छन् । अर्जुन साउदले यसअघिको प्रधानमन्त्री कप भने आर्मीबाट खेलेका थिए ।
यस्तै अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राणा, राशिद खान, ललित भण्डारी र रोशन बुढा पनि पुलिसको टिममा छन् ।पुलिसको टिमको प्रशिक्षकमा टिमका पूर्व कप्तान रहेका मञ्जित श्रेष्ठ रहनेछन् । एक दशक भन्दा लामो समय मञ्जितले पुलिसको कप्तानी गर्दा दर्जन बढी उपाधि जिताएका थिए ।
नवौँ राष्ट्रिय खेलकुदमा पुलिसको पुरुष टिमलाई कप्तानको रूपमा स्वर्ण दिलाएका उनले पुरुष टिमको प्रशिक्षक भने पहिलो पटक बनेका हुन् । उनले पुलिसको महिला क्रिकेट टिमलाई प्रशिक्षकको रूपमा पनि स्वर्ण जिताएका थिए ।
प्रधानमन्त्री कप खेल्ने पुलिसको टोलीमा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, करण केसी, आरिफ शेख, अर्जुन साउद, दिलीप नाथ, अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राणा, राशिद खान, ललित भण्डारी र रोशन बुढा छन् ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...