
काठमाडौं । एफसी एसियन कप फुटबलमा चीन र ताजकिस्तानले बराबरी खेलेका छन् । कतारमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा समूह ‘ए’मा रहेको चीन र ताजकिस्तानले गोलरहित बराबरी खेलेका हुन् ।
चीनविरुद्ध ताजकिस्तानले बल पोसेसन बढी राखे पनि गोल गर्न भने असफल भयो । ८२ औं मिनेटमा चीनका लागि झू चेनले गोल गरे पनि भारले चेक गरेर अफसाइड घोषणा गरे पछि त्यसले मान्यता पाएन । बराबरीसँगै दुवै टिमले तालिकामा एक एक अंक लिएका छन् ।
समूह ‘ए’मा घरेलु टोली कतार स्पष्ट ३ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा चीन र ताजकिस्तान एक एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । लेबनानले भने खाता खोल्न सकेको छैन ।
एसियन कप फुटबलः अस्ट्रेलियासँग भारत २–० ले पराजित
कतारमा जारी एफसी एसियन कप फुटबलमा अस्ट्रेलिया विजयी भएको छ । शनिबार भएको खेलमा अस्ट्रेलियाले भारतविरुद्ध २–० गोल अन्तरले जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गरेको हो ।
५०औं मिनेटमा अस्ट्रेलियाले अग्रता बनाउन सफल भयो । भारतीय गोलकिपर गुरप्रित सिंह सन्धूले गल्ती गर्दा त्यसको फाइदा उठाउँदै ज्याक्सन इरविनले गोल गरेका थिए ।
७३ औं मिनेटमा अस्ट्रेलियाका जाडोन बोसले रेलि म्याकेग्रीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि अस्ट्रेलिया २–० को जितका साथ प्रतियोगितामा सुखद् सुरुआत गर्न सफल भयो ।
अस्ट्रेलियन टिम भारतविरुद्ध सुरुदेखि नै हावी भए पनि भारतीय कप्तान सुनिल क्षत्रीले १६औं मिनेटमा गरेको हेडर पोस्टभन्दा बाहिर गएको थियो । जितपछि समूह ‘बी’मा अस्ट्रेलिया ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने भारत पुछारमा रहेको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...