
काठमाडौं । आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदै छ ।
पोखरा रंगशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार क्लब भिड्दैछन् । २०५८ सालदेखि निरन्तर हुँदै आएको आहा–रारा पोखरा गोल्डकपको यो २३ औं संस्करण हो ।माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिम सहभागी हुँदैछन् ।
प्रतियोगितामा साविक विजेता संकटा, नेपाल प्रहरी, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार, भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसी र आयोजक सहारा क्लब सहभागी हुने छन् ।
यसअघि आहारारा गोल्डकपमा दिल्ली एफसी सहभागी हुने बताइएको थियो । अन्तिममा दिल्ली नआउने भएपछि विभागीय टिम एपीएफ भित्रिएको हो ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...