महाराजगञ्ज चिकित्सा क्याम्पस डीन कार्यालयमा विद्यार्थीले लगाए ताला – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

महाराजगञ्ज चिकित्सा क्याम्पस डीन कार्यालयमा विद्यार्थीले लगाए ताला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसको डीन कार्यालयमा विद्यार्थीले अनिश्चितनकालीन ताला लगाएका छन् ।

१७ बुँदे माग अघि सार्दै स्वतन्त्र विद्यार्थी युनियनले मंगलबारदेखि ताला लगाएको हो । आन्दोलनमा आवासीय, इन्टर्नसीप, फार्मेसी लगायतका विद्यार्थीको साथ छ ।

डीन कार्यालयले चार वर्षदेखि विद्यार्थीका माग सुनुवाइ नगरेको र पटक पटकका सहमति कार्यान्वयन नगरेको विरोधमा ताला लगाइएको स्ववियु सभापति आनन्दकुमार सिंहले बताए ।

“नौ महिना अघि पनि हामी यिनै माग लिएर आन्दोलन गरेका थियौँ, त्यतिबेला १४ बुँदे सहमति भयो तर कार्यान्वयन भएन,” सिंहले भने ।

मागमा डीन कार्यालयले एकल ढंगले संस्थानलाई चलाउन खोजेकोे, क्याम्पस प्रशासनले विद्यार्थीका सामान्य माग समेत पुरा नगरेको, होस्टेलको अवस्था सुधार नभएको लगायतका असन्तुष्टि राखिएको छ ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०८० माघ १०, १५: ५७

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० माघ १०, १५: ५७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० माघ १०, १५: ५७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...