
काठमाडौं। नेपाली धाविका सन्तोषी श्रेष्ठले बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा स्वर्ण पदक जितेकी छिन्।
शुक्रबार बंगलादेशको ढाकामा भएको स्पर्धामा सन्तोषीले आफ्नो डेब्यू म्याराथन २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्। यससँगै सन्तोषीले नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाएकी छिन्।
यसअघि पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट २ सेकेन्डको कीर्तिमान सन्तोषीले तोडेकी हुन्। ढाकामा भएको सोही स्पर्धामा पुष्षाले भने रजत पदक जितिन्। उनले २ घण्टा ४९ मिनेट ३३ सेकेन्डमा दुरी पूरा गरिन् ।
१३औं दक्षिण एसियाली खेलकुद सागमा सन्तोषीले स्वर्ण र पुष्पाले रजत जितेकी थिइन् ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...