
काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी नेपाली गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी छन् ।
इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित विशेष चस्मा पौडेललाई प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् । मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमै पुगेका थिए ।
चिकित्सकका अनुसार विशेष प्रकारको त्यो चस्मा लगाएपछि मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने छिन् । चस्मामा क्यामेरा जडान गरिएको छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले खिचिएको इमेजबारे विस्तृत चित्र बताउने छ ।
चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम गर्न सक्ने चिकित्सकको भनाई छ । आइडलको उपाधिको दाबेदार मानिएकी मेनुका उत्कृष्ट १० भित्र परिसकेकी छन् ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...