आनन्दवन अस्पतालमा ट्रमा र इमरजेन्सी विङ्ग सञ्चालनमा – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

आनन्दवन अस्पतालमा ट्रमा र इमरजेन्सी विङ्ग सञ्चालनमा

ललितपुर । दक्षिण ललितपुरबासीले सस्तो र शुलभ स्वास्थ्य सेवा पाउने भएका छन् । ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरबमा अवस्थित आनन्दवन अस्पतालले ट्रमा सेन्टर र इमरजेन्सी विङ्ग सञ्चालनमा ल्याएपछि अब काठमाडौंसम्म जानुपर्ने र महङ्गोमा उपचार गर्नुपर्ने बाध्यताबाट दक्षिण ललितपुरबासीलाई छुट्कारा पाउने भएका छन् ।

मुख्यतय कुष्ठरोगको उपचारमा बढि केन्द्रित रहेको आनन्दवनले ट्रमा सेन्टर र इमरजेन्सी विङ्ग संचालन गरेपछि अन्य स्वास्थ्य सेवा पनि विस्तार गरेकाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ ।

दक्षिण ललितपुरसँगै सिमा जोडिएका मकवानपुर तथा काभ्रे जिल्लाका आर्थिक अभावले जेलिएका जनताले सस्तो मूल्यमा उचित स्वास्थ्य सेवा पाउने भएको अस्पताल प्रशासनले जनाएको छ ।

आइतबार ‘७१ औँ विश्व कुष्ठरोग दिवस’ को अवसर पारी अन्य स्वास्थ्य सेवा पनि सस्तो सुलभ ढंगले दिने हेतुले ट्रमा सेन्टर र इमरजेन्सी विङ्ग सञ्चालनमा ल्याएको हो । सो सेवाको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र मर्हजनले शुभारम्भ गरे ।

सन् १९५७ मा दि लेप्रोसि मिसन अन्तराष्ट्रियको आर्थिक सहयोगमा स्थापित अन्तराष्ट्रिय गैरसरकारी संस्थाको रुपमा संचालन हुदैआएको र हाल सन् २००५ देखि दि लेप्रोसि मिसन नेपाल भन्ने गैरसरकारी संस्थाद्धारा संचालित कुष्ठरोगको बिषेशज्ञ अस्पताल हो ।

यस संस्थामा कुष्ठरोगको लागि ८० बेड निशुल्क र ३० बेड हाडजोर्नि तथा अन्य रोगको लागि सशुल्क गरी जम्मा ११० बेड संचालित छन् । आइतबारबाट दक्षिण ललितपुरका जनमानसलाई मध्यनजर गर्दै ४० बेड थप गरेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०८० माघ १५, १३: ३२

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० माघ १५, १३: ३२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० माघ १५, १३: ३२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...