
पोखरा । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलम आज थ्री–स्टार क्लब र जावालखेल युथ क्लब भिड्दै छन्।
पोखरा रगंशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । ललितपुर डर्बीमा हुने खेलमा पाँच पटकको उपाधि विजेता थ्री–स्टार फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।
जावलाखेल भने थ्री–स्टारलाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ । थ्री–स्टारले क्वार्टरफाइनलमा भुटानको पारो एफसीलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
उता जावलाखेलले भने सडन डेथमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । यो खेलको विजेताले उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।
दोस्रो सेमिफाइनलमा बिहीबार चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आहा रारा पोखरा गोल्डकपको विजेताले उपाधिसहित १२ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ६ लाख १ हजार रुपैयाँ पाउनेछ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...