बिनालेवलको खुला मिठाई बिक्रीमा रोक – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

बिनालेवलको खुला मिठाई बिक्रीमा रोक

तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले ‘लेवल’ बिनाका खुला मिठाई बिक्रीमा रोक लगाएको छ ।

बिक्री हुँदै आएको  क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ ‘रोडमाइन बी’ प्रयोग भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार तनहुँ क्षेत्रमा समेत कटन क्यान्डी बिक्रीमा  रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज अधिकारीद्वारा जारी विज्ञप्तिमा प्याक नगरिएको र लेवलसमेत नराखी बजारमा बिक्री गरिएको रङ्गीन कटन क्यान्डी नखान सबैमा आग्रह गरिएको छ ।

“कटन क्यान्डीका उत्पादकले आफ्नो उत्पादनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जाँच गरी खाद्य अनुज्ञापत्र लिएर मात्र बिक्री वितरण गर्न अनुरोध छ, अन्यथा मातहतको निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँबाट कानुन बमोजिम कारबाही हुने व्यहोरा अनुरोध छ”, जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उपभोक्ता हितविपरीतको कार्यलाई सामान्य ठान्न नसकिने र स्वयं उपभोक्ता पनि सचेत बन्नुपर्ने तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताए । “जिल्ला प्रशासन कार्यालयको निर्णय सकारात्मक छ”, भट्टराईले भने, “तर बजारमा अनुगमनलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।”

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० माघ १८, १४: ५१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० माघ १८, १४: ५१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० माघ १८, १४: ५१

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...