
एजेन्सी । बेलायती राजा चार्ल्सलाई क्यान्सर भएको छ। क्यान्सर पुष्टि भएसँगै राजाको उपचार शुरु भएको बकिङ्घम प्यालेसले जनाएको छ।
भर्खरै बढेको प्रोस्टेटको लागि उपचारको क्रममा उनमा क्यान्सर पत्ता लागेको थियो। दरबारले राजालाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्नेबारे बताएको छैन।
क्यान्सर भएसँगै ७५ वर्षीय चार्ल्सलाई सार्वजनिक कार्यक्रम स्थगित गर्न चिकित्सकले सल्लाह दिएका छन्। यद्यपि प्रधानमन्त्री ऋषि सुनकले भने उनलाई साप्ताहिक रूपमा भेट्ने बीबीसीले जनाएको छ ।
यसैबीच राजकुमार ह्यारी आफ्ना बुबालाई भेट्न अमेरिकाबाट बेलायत जाने भएका छन्।
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...