काठमाडौं । जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी पौष १९ गतेबाट सहायक रथी ले सम्हालेका छन् । सहायक रथी नैनराज दाहालले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच सहायक रथी भण्डारीलाई कार्यभार हस्तान्तरण गरे । करिव ३ महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी डिफेन्स विटसंग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी दाहालले आभार प्रकट गरेका छन् ।
सहायक रथी भण्डारीको कार्यकालमा नेपाली सेना र पत्रकार जगतबीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान सञ्चार जगतको अझ बढी सहयोग रहने विश्वास नेपाली सेनाले लिएको सहायक रथी दाहालले बताएका छन् । यसैबीच, काठमाडौं–तराई÷मधेश दु्रतमार्ग ९भ्हउचभककधबथ० आयोजना अन्तर्गत मकवानपुर जिल्लास्थित निर्माण कार्यदल सुरक्षा बेश लेनडाँडा र सुरक्षा बेश बुदुनेमा नवनिर्मित भौतिक पूर्वधारहरुको प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले समुद्घाटन गरी आयोजनामा खट्टिनु भएका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुलाई निर्देशन दिएका छन् । 
उक्त द्रुतमार्ग निर्माण गर्न आवश्यक पर्ने जनशक्ति, विष्फोटक पदार्थ लगायत विभिन्न बन्दोबस्ती सामाग्रीहरु भण्डारण र वितरण लगायतका कार्यहरु निर्माण सम्पन्न सुरक्षा बेशहरुबाट सहज हुने अपेक्षाकासाथ सुरक्षा बेशहरुको स्थापना गरिएको हो । हालसम्म ५ वटा स्थायी कार्यदल सुरक्षा बेश स्थापना भईसकेको र अन्य सुरक्षाबेशहरु आवश्यकता अनुसार स्थापनाको क्रममा रहेका नेपाली सेनाले जनाएको छ ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...