ठूला अस्पतालहरुको ज्यादती – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

ठूला अस्पतालहरुको ज्यादती

काठमाडौं । नेपालको सरकारी अस्पतालको सेवा सुविधा व्यवस्थित हुन नसक्दा जनतालाई मंहगा प्राइभेट अस्पताल धाउनु पर्ने बाध्यता छ । आफूलाई यति स्टार र उती स्टारको ट्याग दिएर बिरामीहरुसँग अस्वभाविक रुपमा पैसा असुल्ने अस्पतालहरुमा लगभग सबैजसो प्राइभेट अस्पतालहरु पर्छन् । यसै सन्दर्भमा हाल काठमाडौं उपत्यकाका अस्पतालहरु अचाक्ली मंहगो भएको हुँदा सर्वसाधारण निकै मर्कामा परेका छन् । नेपालको राजनीति गर्ने नेतादेखि आफूलाई ठूला डाक्टर भन्नेहरुको मिलोमतोमा ठूला नर्सिङ होमहरुले ब्रह्मलुट नै मच्चाएका छन् । साधारण बिरामी उक्त ठूला अस्पतालमा छिर्ने बित्तिकै दशौं हजार बिल आउने र रात बिहान त्यस्ता अस्पतालको इमर्जेन्सीमा चेक गराउन जाँदा २ घण्टामा बिसौं हजारको बिल भुक्तानी गर्न बाध्य पार्ने यस्ता अस्पतालमा जो कोही पनि हत्तपत्ति जान समेत डराउन थालेका छन् ।

रातको बीचमा त्यस्ता अस्पतालमा साधारण चेकअप गर्दा पनि सस्तोमा १२ देखि १५ हजार रुपैयाँ इमर्जेन्सि शाखामै सक्किन्छ । फेरी अघिल्लो दिन इमरजेन्सी शाखाले गर्न लगाएको रगत÷दिशा÷पिसाबको जाँच भोलिपल्ट डाक्टरले नहेर्ने र पुनः जाँच गर्न लगाएर रकम असुल्ने प्रवृत्ति समेत बढ्दो छ । अस्पतालले मनपरी नियम बनाई विभिन्न शिर्षकमा रकम असुल्ने गरीराख्दा सम्म पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । पछिल्लो समय उपत्यका भित्र रहेका ५ वटा ठूला अस्पतालका बारेमा सर्वसाधारणदेखि उपभोक्तासम्मको गुनासो व्यापक आउन थालेपछि गरेजस्तो गरी अनुगमन भएको थियो । हालै मात्र ग्य्राण्डी, इसान, नर्भिक, वि.एण्ड.वी र वयोद्या अस्पतालले विरामीहरुसँग अत्याधिक मात्रामा पैसा असुलेको अनुगमनबाट थाहा हुन आएको हो । तर त्यतातिर आवश्यक कारबाही सुरु भएको छैन ।

त्यस्ता अस्पतालहरुमा बिरामी लैजाँदा कम्तीमा पनि २÷३ लाख नबोकी गएमा बिरामीको उपचार नै सुरु नहुने र ओ.पि.डी.मा जँचाउन ४÷५ महिना सम्म कुर्नु पर्ने बाध्यता छ । आफ्ना मान्छेलाई सहज रुपमा सेवा उपलब्ध गराउने र सर्वसाधारण र पहुँच नपुग्ने बिरामीहरुलाई महिनौं कुराउने अस्पतालका कारण कतिपय बिरामीको त उपचार नै गर्न नपाई मृत्यु समेत हुने सम्भावना नकार्न सकिदैन ।

यी मँहगा अस्पतालहरुले चाहिनेभन्दा बढी रकम एउटै शिर्षकमा पटक पटक लिने र त्यसमा सेवा शुल्क र भ्याट समेत लिने गरेकोले सो भ्याट वापतको रकम सम्बन्धित कर कार्यालयमा समेत दाखिला गरे नगरेको पत्तो राजस्व कार्यालयहरुले समेत खोजी नगर्नुले कतै मिलोमतो त छैन भन्ने आंशका उब्जेको छ । त्यस्ता मँहगा अस्पतालहरुलाई सरकारले निगरानीमा राखी आवश्यक अनुसन्धान गर्न सकेको छैन ।
यसरी बिरामीसँग सेवा शुल्क र भ्याट समेत असुल्ने, भ्याट, कर कार्यालयमा दाखिला पनि नहुने र सेवाशुल्क वापतको रकम सम्बन्धीत अस्पतालमा साना तहका कर्मचारीलाई पनि नदिने कार्य शोषण माथि शोषण नै हो । यस्ता अस्पताल तथा नर्सिङहोमले स्टाफ, नर्स र वि.एस.सी नर्सिङ पढेकोहरुलाई न्यून रकममा काम लगाएका पनि छन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७४ पुष २४, ०८: २५

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७४ पुष २४, ०८: २५

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७४ पुष २४, ०८: २५

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...