बेलायतमा ३५ प्रतिशत तलव बृद्धिको माग गर्दै डाक्टरहरू हडतालमा – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

बेलायतमा ३५ प्रतिशत तलव बृद्धिको माग गर्दै डाक्टरहरू हडतालमा

लन्डन । बेलायतमा डाक्टरहरूले फेरी हडताल गरेका छन् ।

सरकारसँग लामो समयदेखि चलिरहेको तलब विवादमा बेलायतका जुनियर डाक्टरहरूले १० औं पटक पनि हडताल गरेका हुन् ।

पाँच दिनको हडताल सुरू भएपछि एनएचएसका मालिकहरूले यसले ठूलो अवरोध ल्याउने चेतावनी दिएका छन् । उनीहरूका अनुसार अस्पतालमा आधा डाक्टरहरू जुनियर डाक्टर भएकाले अस्पतालको अपरेशन र चेकअप सबैभन्दा बढी प्रभावित हुनेछन्।

ब्रिटिश मेडिकल एसोसिएसनले ३५ प्रतिशत तलब वृद्धिको लागि आग्रह गरेको छ तर सरकारका मन्त्रीहरूले उनीहरूको तलब बृद्दीको दावीलाई भने अव्यावहारिक रूपमा वर्णन गर्दै अस्विकार गर्दै आएका छन्।

स्वास्थ्य सचिव भिक्टोरिया एटकिन्सले जुनियर डाक्टरहरूले हडताल जारी राखेकोमा आफू निराश भएको बताएकी छिन् । ‘कसैले पनि यी हडतालहरूले हाम्रो एनएचसमा पार्ने प्रभावलाई कम आँकलन गर्नुहुँदैन, त्यसैले म फेरि बिएमएलाई उनीहरूको हड्ताल बन्द गर्न आग्रह गर्छु,’ उनले भनिन्।

तर बिएमएका जुनियर डाक्टर नेता डा.रोबर्ट लरेन्सन र डा.विवेक त्रिवेदीले भने, ‘ सरकारले एक दशकभन्दा बढी समय देखि हुन नसकेको तलब बृद्दीको मागलाई सम्बोधन गर्नका लागि भरपर्दो तलब प्रस्ताव गरेर मात्र यी हडतालहरू रोक्न सक्थ्यो तर गरेको छैन।’

दुई तिहाइ जुनियर डाक्टरहरू बीएमएका सदस्य छन् तर धेरै साना अस्पताल परामर्शदाता र विशेषज्ञ संघले पनि यस हडतालमा भाग लिएका छन् । नियमित अस्पताल सेवाहरूले सबैभन्दा अवरोधको सामना गर्ने अपेक्षा गरिएको छ किनभने वरिष्ठ डाक्टरहरूलाई आपतकालीन हेरचाहमा कभर प्रदान गर्न भनिएको छ तर त्यो सम्भव छैन ।

एनएचएस इङ्गल्याण्डले जीवन जोखिमको आपतकालिन अवस्थामा बिरामीहरूलाई सामान्य रूपमा ९९९ मा कल गर्न सल्लाह दिइरहेको छ तर अन्य सबै कुराको लागि १११ मा फोन गर्न भनिएको छ ।

 

सम्बन्धित समाचार

नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
  • २०८० फाल्गुन १३, १०: ४३

काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...

वीरगन्जमा आज पनि निषेधाज्ञा
वीरगन्जमा आज पनि निषेधाज्ञा
  • २०८० फाल्गुन १३, १०: ४३

वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...

ब्रड पिक हिमपहिरो घटना : उद्धारका लागि पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको परराष्ट्रको भनाइ
ब्रड पिक हिमपहिरो घटना : उद्धारका लागि पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको परराष्ट्रको भनाइ
  • २०८० फाल्गुन १३, १०: ४३

काठमाडौँ : परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित ब्रड पिकमा भएको हिम पहिरोमा परेका नेपालीसहितका आरोहीको खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग समन्वय...