
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनर्गठीत मन्त्रिपरिषद्का १८ मन्त्रीलाई नियुक्तिसँगै मन्त्रालयको जिम्मेवारी पनि दिएका छन्।
प्रधानमन्त्री दाहालको सिफारिसमा सोमबार तीन जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले विनाविभागीय मन्त्रीको शपथ गराएका थिए। बुधबार दाहालले १४ जना मन्त्री थप गरेका हुन्।
१४ जना मन्त्रीको अहिले ६ बजे सपथ ग्रहरणको कार्यक्रम राष्ट्रपति निवास शितल निवासमा राखिएको छ।
प्रमुख सत्ता साझेदार घटक नेकपा एमालेबाट सरकारमा नेतृत्व गरेका रघुवीर महासेठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका छन् ।
त्यस्तै, पदम गिरीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, दामोदर भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, ज्वालाकुमारी साहलाई कृषि तथा सहकारी, बलराम अधिकारीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै एमालेका हरि उप्रेतीलाई रक्षा, भगवती कुमारी चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेतलाई पुनः ऊर्जा तथा जनस्रोत, रेखा शर्मालाई पुनः सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनाइएको छ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बनेका छन्।
वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन्। तर, जसपाबाट हालसम्म मन्त्री टुंगिएको छैन। नेकपा एकीकृत समाजवादीलाई पनि गठबन्धनमा ल्याउन प्रयास भएको जनाइएको छ।
मन्त्रालयको कार्यविभाज गरिएकामध्ये एमालेका पाठक, माओबादीका तामाङ र रास्वपाका अर्यालले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका थिए।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...