लक्ष्यभन्दा बढी बालबालिकाले लगाए दादुरा रुवेलाविरुद्धको खोप – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

लक्ष्यभन्दा बढी बालबालिकाले लगाए दादुरा रुवेलाविरुद्धको खोप

काठमाडौं । दादुरा रुवेला खोप अभियान २०८० अन्तर्गत सरकारको लक्षभन्दा ८० हजार बढी बालबालिकाले खोप लगाएका छन् । २०८० फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गरिएको खोप कार्यक्रममा ५९ लाख ७६ हजार २५९ जनाले खोप लगाएका हुन् ।

सरकारले खोप लगाउने उमेर समूहको संख्या ५८ लाख ९५ हजार ५५३ रहेको अनुमान गरेको थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार खोप लिनेमा ९ महिनादेखि ५ वर्षसम्मका शिशु २१ लाख ५० हजार ७४८ छन् । ५ वर्षदेखि १५ वर्षसम्मका बालबालिका ३७ लाख ६ हजार ६८० छन् ।

अभियानअन्तर्गत तराइका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका र अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप दिइएको थियो ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा १२९ प्रतिशतले खोप लगाएका छन् । सबैभन्दा कम मधेसमा ८३ प्रतिशत बालबालिकाले खोप लगाएको महाशाखाको तथ्यांक छ ।

अभियानका क्रममा नियमित खोप छुटेका बालबालिकालाई पनि खोप दिइएको थियो ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र ९, १२: २६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० चैत्र ९, १२: २६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८० चैत्र ९, १२: २६

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...