
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सञ्चालन गर्दै आएको बीएन्डसी अस्पतालाई मेडिकल कलेज संचालनको अनुमति दिन सर्वोच्च अदालतले आदेश दिएको छ।
आशयपत्र पाएर पनि एमबीबीएस अध्यापन गराउन नपाएको भन्दै प्रसाईंले सर्वोच्चमा दिएको रिटउपर सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले सोमबार रिट आदेश दिएको थियो।
निवेदकको मागबमोजिम रिट जारी भएकाले संक्षिप्त आदेश नआउने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले बताए।
आशयपत्रका आधारमा भौतिक संरचनासहितका पूर्वाधार तयार पारिसकेपछि सम्बन्धन रोकेर आफूमाथि अन्याय भएको भन्दै प्रसाईंले ०७६ सालमै लगेको रिट ०७७ असार २१ मात्र दर्ता भएको थियो । प्रसाईंले ०७७ असोज ३० मा अर्को रिट समेत सर्वोच्च अदालतमा दायर गरेका थिए।
दोस्रो रिटमा प्रसाईंले चिकित्सा शिक्षा आयोग, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, काठमाडौं विश्वविद्यालयका उपकुलपति, रजिष्टार, प्राज्ञिक परिषद्, विद्यापरिषद् स्कुल अफ मेडिकल साइन्सेस, डीन, स्कुल अफ मेडिकल साइन्सेस डिनको कार्यालय र कार्यकारी परिषद्लाई विपक्षी बनाएका थिए।
उक्त रिटका मागविरुद्ध विवेकशील नेपालीका शशीविक्रम कार्कीले पनि रिट दायर गरेका थिए।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...