‘सांसदमाथि छानबिन हुँदैछ भनी सीआईवीको पत्राचारले संसदको विशेषाधिकार हनन्’ – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

‘सांसदमाथि छानबिन हुँदैछ भनी सीआईवीको पत्राचारले संसदको विशेषाधिकार हनन्’

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बढुले संसद चलिरहेको बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सदन चलिरहेको बेला बहालवाला सांसदलाई बयान लिन लागिएको भनी संसदलाई गरिएको पत्राचारले संसदको विशेषाधिकार हनन् भएको बताएका छन्।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा वोल्दै सांसद बढुले वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले काममा तदारुकता देखाउने नाममा सांसद विनोद चौधरीमाथि छानबिन हुँदैछ भनी संसदलाई गरेको पत्राचारले संसदको विशेषाधिकार हनन् भएको बताएका हुन्।

‘सांसद चौधरीमाथि छानबिन हुँदैछ भनेर सीआईबीले के कानुनी आधारमा सभामुखलाई पत्राचार गरेको हो?’, वढुले भने, ‘कुनै सांसद पक्राउ गरेमा सभामुखलाई जानकारी गराउने व्यवस्था छ तर छानबिन हुँदैछ भनेर प्रचार गरेर संसदको मानमर्दन गरियो।’

सांसद बढुले संविधानको धारा १०३ को विशेषाधिकारको हनन् हुने गरी वहालवाला सांसदलाई संसद चलिरहेको बेला छानबिन गर्ने भनी बयानका लागि बोलाउनु संसदीय सर्वोच्चताबिरुद्ध भएको दाबी गरे।
उनले सभामुखलाई चिठी लेखेपछि के जवाफ आयो भनी प्रश्न गरेका थिए।

अर्को प्रसंगमा बढुले ग्यालेक्सी टेलिभिजनमा सहकारीको पैशा लगानी गर्ने व्यक्ति रबी लामिछाने भनिएकोमा त्यो नाम गरेको व्यक्ति हालको गृहमन्त्री रबी लामिछाने हो कि होइन? भनी उनले प्रश्न गरे।

सहकारी ठगीमा नामा जोडिएका लामिछाने नै गृहमन्त्री रबी लामिछाने हो भने विश्वस्नीयता र निष्पक्षताका लागि आफ्नो जिम्मेवारीबाट वाहिरिन्छु भन्ने आँट गर्न वढुले सुझाव दिए।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८० चैत्र १४, १५: ५९

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र १४, १५: ५९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० चैत्र १४, १५: ५९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...