
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले सरकार स्वेच्छाचारी बनेको र लाखौं सहकारी पीडितको पीडालाई बेवास्था गरिरहेको बताएकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आकश्मिक समयमा बोल्दै सांसद गौतमले विधिको शासन भएको मुलुकमा सरकारमा बसेर कार्यकारी अधिकार प्रयोग गरेकाहरुले आफै न्यायाधिश भएर फैसला सुनाउने गरेको भन्दै आपत्ति जनाएकी हुन्।
सांसद गौतमले उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगीको आरोप लागिरहँदा त्यस विषयमा छानबिन नै नगरी निर्दोश रहेको भन्दै न्यायाधिश झैं भएरु फैसलाहरु सुनाउने गरेको दाबी गरिन्।
‘कार्यकारी सरकारमा आफै, न्यायाधिश, वादी र प्रतिवादी पनि आफै भएर फैसला सुनाउन मिल्छ?’सांसद गौतमको प्रश्न थियो, ‘गृहमन्त्रीले कागजको चिर्कटोमा लेखेर हुन्छ भनी प्रश्न गर्नु भएछ । गृहमन्त्रीज्यू, के निवेदन ताम्रपत्र वा स्वर्ण पत्रमा लेख्ने चलन शुरुवात भएको हो?’
गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीबिरुद्ध निवेदन दिएको भनी गत माघ २२ गते तत्कलिन जिल्ला प्रहरी कार्यालय काश्कीका एसपी मोहन थापाले जनाइसकेको अवस्थामा त्यो विषयमा छानबिन गर्न सरकार डराउनुको पछि गम्भीर कमजोरी लुकेको हुन सक्ने सांसद गौतमको दाबी थियो ।
उनले भनिन्, ‘अहिले १० लाख नागरिकले सहकारीमा बचत गरेका छन् । तिमध्ये ६० प्रतिशतको बचत हिनामिना भएको छ । तर सरकार पीडितलाई न्याय दिनको लागि छानबिन गर्न नै किन डराई रहेको छ? सहकारी ठगीको आरोपी गृहमन्त्रीका कारण छानबिन प्रभावित भइरहेको छ।’
सांसद गौतमले विगतमा अर्थमन्त्री भएका डा. रामशरण महत र जनार्दन शर्माले समेत आफूहरुमाथि पदमा रहेकै बेला संसदमा प्रश्न उठेपछि राजिनामा दिएको र संसदीय छानबिनपछि निर्दोश देखिएपछि पदमा पुनः फर्किएको उदाहरण्ढा प्रस्तुत गरिन् ।
गौतमले संसदीय समितिमा कांग्रेसका मात्र सांसद नहुने भन्दै सत्ता पक्षका पनि सांसदले अध्ययन गरी निष्कर्षमा पुग्ने भएकाले संसदीय समितिप्रति नै त्रास, डर वा भयको पछि ‘दालमे कुछ काला है’ भन्ने देखिएको दाबी गरिन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...