
काठमाडौं। संघीय सरकारलाई दिएको समर्थन र प्रदेश सरकारमा वस्ने वा नवस्ने भन्ने विषयलाई लिएर भएको छलफलमा विवाद वढ्दै जाँदा नागरिक उन्मुक्ति पार्टीका कुटाकुट भएको छ।
सरकारको विषयमा छलफल गर्न नाउपाले सोमबार राजधानीमा बोलाएको बैठकमा विवाद बढ्दै जाँदा संस्थापक अध्यक्ष रेशम चौधरी र पार्टी अध्यक्ष तथा चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठबिचको असमझदारी वढ्दै जाँदा दुई पक्षका नेताबीच हात हालाहाल भएको हो।
बैठकमा सहभागी एक नेताका अनुसार पार्टी संरक्षक रेशम चौधरीले अध्यक्ष श्रेष्ठलाई कसैको उक्साहटमा गतिविधि गरिरहेको आरोप लगाएपछि उनका बुवा लालवीर चौधरीले पनि साथ दिएका थिए।
टिकापुरको जनता र पार्टीले लिएको नीति विपरीत कसैको लहैलहैमा आएर पार्टीभित्र गलत गतिविधि गरेको आरोप चौधरीले श्रेष्ठलाई लगाएपछि श्रेष्ठ आक्रोशित भएकी थिइन्। अध्यक्ष श्रेष्ठ आक्रोशित भएपछि चौधरी पक्षधर नेताले प्रतिवाद गरेका थिए।
पार्टी संरक्षक रेशम र उनका बुवाले अध्यक्ष श्रेष्ठमाथि आरोप लगाउन थालेपछि उनीपक्षधर केन्द्रीय सदस्यहरु रमेश विक र रामलाल डगौराले प्रतिवाद गरेका थिए। त्यसपछि दीप तामाङ र राजन गुरुङले श्रेष्ठपक्षधर रमेश विक र रामलाल डगौरामाथि हातपात गरेका थिए।
तामाङ नाउपा बागमती प्रदेशका प्रमुख हुन् भने राजन गुरुङ केन्द्रीय पदाधिकारी तथा गण्डकी प्रदेशका नेता हुन् । रञ्जिता पक्षका रामलाल डगौरा टिकापुर नगरपालिकाका मेयर हुन् भने रमेश विक श्रेष्ठका स्वकीय सचिव हुन् ।
पार्टी अध्यक्ष श्रेष्ठ सत्ता गठबन्धनको पक्षमा छिन् भने रेशम चौधरी विपक्षमा छन् । सुदूरपश्चिम सरकारमा नाउपाका मन्त्री फिर्ता बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीबाट पत्र पठाएकी छन्।
‘तिमी केन्द्रीय सत्ता गठबन्धनमा छौ भने त्यहीको राजनीति गर प्रदेशको राजनीतिमा हात नहाल, केन्द्रको गठबन्धनले प्रदेशको सरकार चल्दैन। त्यहाँ प्रदेशको आफ्नै गठबन्धन छ, रेशम चौधरीले रञ्जितालाई चेतावनी दिँदै भनेका थिए।
उनले केन्द्रले प्रदेशलाई हस्तक्षेप गर्न मिल्दैन भनेका थिए । तर श्रेष्ठले भने पार्टी जहाँको भए पनि एउटै विधान र पद्धतिबाट चल्ने बताएपछि भनभन भएको थियो। अहिले पार्टी केन्द्रीय समितिको बैठक जारी छ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...