स्थानीय निर्वाचन पश्चात बनेको स्थानीय सरकारले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता अनुसार काम नगरेको भन्दै नेपाली काँग्रेसका जिल्ला तहदेखि नगरसमितिसम्म काँग्रेसबाट निर्वाचित पदाधिकारीप्रति आक्रो बढ्दै गएको छ ।

वर्तमान अवस्थामा संघीय सरकार र प्रदेश सरकारमा कतैपनि काँग्रेसको नेतृत्वमा सरकार नभएको हुँदा स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित पदाधिकारी तथा वडा अध्यक्ष सदस्य समेतले आफुखुसी काम गर्दै गएकोले पार्टीभित्र असन्तोस बढिरहेको बेलामा नागार्जुन नगरसमितिले नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
जसअनुसारः
नागार्जुन नगरपालिकाको विकासका लागि नेपाली काँग्रेस, नागार्जुन नगर समितिको प्रतिवद्धतापत्र को आधारमा नागार्जुन नगरपालिको आगामि २०७७÷०७८ को नीति तथा कार्यक्रममा नगरसमितिको तर्फबाट पेश भएका महत्वपूर्ण कार्यक्रमहरु ः
सुशासनयुक्त सेवा प्रवाह र जनमैत्री नगर प्रशासन
भ्रष्टाचार प्रति शुन्य सहनशिलताको नीति लिइ नागार्जुन नगरपालिकालाई नागरिकमैत्री सुशासनको एक मानक संस्थाका रूपमा विकास गर्नु,
नगरपालिका कार्यालयको नया निर्माण हुन लागेको बिषयगत लाई सेवाग्राही मैत्री बनाउनु,
नगरपालिका कार्यालय दैनिक कार्यलाई भ( ःगलष्अष्उब िन्यखभचलmभलत ःबकतभच एबिल तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु, यसको लागी मोबाइल एप् को सहयोग लिने र यसलाई सर्वसाधारणले नगर र वडा सम्म पहुँच तथा सूचना प्रदान गर्न,
क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी गरी नगरवासीहरुका लागि गुणस्तरीय सेवा प्रत्याभूत गर्न,
नगर प्रशासन सञ्चालनमा सुचना तथा सञ्चार प्रविधि ९क्ष्ऋत्० को उच्चतम् उपयोग गर्न, सार्बजनिक सुनाई कार्यक्रमलाई प्रत्यक्ष प्रशारणको ब्यबस्था गर्न,
प्रविधि उपयोगमा नागरिक पहुँच विस्तार गर्न समुदाय तहमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्न
पूर्वाधार विकास
नगर स्तरीय योजना आयोग गठन गरी सञ्चालनमा ल्याउन,
दीर्घकालीन योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु पर्ने साथै राष्ट्रिय रुपमा पहिचान हुने ठूला योजना रंगशालामा कभर्ड हल, शित भण्डार,पौडी पोखरी, जेष्ठ नागरिक र अनाथ आश्रम को सुरुवात गर्न,
नगर स्तरीय यातायात गुरुयोजना लगायतका विषयगत गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउन,
नगर स्तरीय वस्ती विकास तथा जग्गा विकास आयोजना सञचालन गरी योजनाबद्ध शहरी विकासको थालनी गर्न,
सडक पेटी तथा जेब्रा क्रसिङ्गलाई अपाङ्गमैत्री बनाउनु,
निजी क्षेत्र समेतको सहभागितामा प्रत्येक वर्ष हरेक वडामा कम्तिमा एउटा सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गर्न,
प्रत्येक सार्वजनिक विद्यालयमा उपयुक्त क्अष्भलअभ ीबद र पुस्तकालय निर्माण गर्न,
निजी क्षेत्र समेतको सहभागितामा नगरपालिका क्षेत्रमा इउतष्अब िँष्दभच को सञ्जाल विस्तार गरी च्भष्बिदभि ज्ष्नज क्उभभम क्ष्लतभचलभत ँबअष्ष्तिथ प्रदान गर्नु पर्ने साथै सार्बजनिक स्थानमा ाचभभ ध्षष् सेबा प्रदान गर्न,
पूर्वाधार विकास गर्दा म्षाभचभलतथि( बदभि उभयउभि ाचष्भलमथि एवं लैङ्गिक उत्तरदायी हुने गरी गर्न,
नगरपालिकाका सवै सडक क्षेत्रमा सडक बत्ति जडान गर्न,
नगर क्षेत्रभित्र प्रशोधन सुविधा सहितको ढल व्यवस्थापन प्रणाली विकास गर्न,
नगरपालिका क्षेत्रभित्र व्यवस्थित साइकल मार्ग विकास गरी साइकल संस्कृति प्रबर्दन गर्न
समाज कल्याण तथा सामाजिक विकास
जेष्ठ नागरिकहरु, महिला, युवा तथा बालबालिकाको विकासका लागि निश्चित कार्यक्रम तर्जुमा गरी लागु गर्न,
नगरपालिका क्षेत्रमा कम्तिमा पाँच वटा जेष्ठ नागरिक मिलन पार्क निर्माण गर्न,
दलित एवं पछाडि पारिएका वर्ग र गरिबी विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न मेरिटको आधारमा छात्रवृत्ति प्रदान गर्न,
गरिव वस्ती परिवार पहिचान गरी नगरस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच विस्तार गरी सीपमूलक तालीम लगायतका आवश्यक कार्यक्रम सञ्चालन गर्न,
उद्यमशिलता विकास गरी आय आर्जनमा महिलाको पहुँच विस्तार गर्न महिला लक्षित सीपमूलक तालीम सञ्चालन गर्न,
नगर क्षेत्रभित्र उपयुक्त स्थानमा एक आर्ट भिलेज स्थापना गरी कलाकारिताको संरक्षण र संम्बद्र्धन गर्न,
शिक्षा, स्वास्थ्य, रोजगारी , आर्थिक समृद्धि
नगर भित्रका सामुदायिक विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षामा सवै बालबालिकाको समान पहुँच स्थापना गर्न,
नगरमा रहेका निजी र संस्थागत विद्यालयहरुको व्यवस्थापनमा प्रभावकारी नियमन गरी विद्यार्थीहरुका लागि उचित मुल्यमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवस्था सुनिश्चित गर्न,
नगरपालिकाका प्रत्येक वडामा कम्तिमा एक आधुनिक पुस्तकालय स्थापना गरी पठन संस्कृतिमा गुणात्मक विकास गर्न र नैतिक मुल्यवोधी समाज निर्माण गर्न,
खेलकुदका माध्यमबाट स्वस्थ समाज निर्माण गर्न एक वडा एक खेल पूर्वाधार कार्यक्रम सञ्चालन गर्न,
जनमैत्री कर नीति अवलम्वन गरी नगरपालिकाको आर्थिक सक्षमता प्रवर्द्धन गर्न फराकिलो दायरा सहितको सुदृढ कर आधार तयार नगर कर प्रशासनलाई सरल, स्वच्छ र पारदर्शी तुल्याउन,
सहकारीको माद्यामबाट रोजगारीमुलक तालीम कार्यक्रम सञ्चालन गरी स्वरोजगारको जगमा उभिएको स्वावलम्वी नागरिक समाज निर्माण,
आय आर्जनका विविध उपायहरु अवलम्वन गरी नागरिकहरुको जीवनमा समृद्धि ल्याउन स्थानीय सहकारी एवं वित्तिय संघ संस्थासँगको सहकार्यमा समृद्ध जनता, समृद्ध नगर कार्यक्रम सञ्चालन गरिनुपर्ने,
वातावरण संरक्षण
नगर क्षेत्रभित्रका सबै सार्वजनिक, पर्ति जग्गाहरुको अभिलेख तयार गरी तिनको व्यवस्थापनको उचित प्रवन्ध मिलाइ समुदायलाई प्रतिफल प्राप्त हुने गरी समुचित उपयोग गर्नु पर्ने,
एक व्यक्ति एक रुख को अवधारणामा आधारित रही हरियाली प्रवर्द्धनका विविध कार्यक्रमहरु सञ्चालन,
निजी क्षेत्रसंगको सहकार्यमा प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली अवलम्वन,
स्वीट्जरल्याण्ड पार्कको स्तरोन्नति गरी राष्ट्रिय स्तरको उद्यानका रुपमा विकास गर्नु पर्ने, गणेशमान सिङ पार्क स्तरोंन्ति गर्नुपर्ने र बि.पी. बन बाटिकाको डी.पी.आर. तयार गरियोजनागत रुपमा बिकास गर्दै जानुपर्ने,
समुदाय तहमा आवश्यकतानुसार जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्वच्छ मन, सफा शहर अभियान सञ्चालन गर्ने,
कला, संस्कृति, संपदा संरक्षण र पर्यटन विकास नगर क्षेत्रभित्र रहेका निश्चित गाउँहरुलाई शहरी गाउँ ९ग्चदबल ख्ष्ििबनभ० का रुपमा विकास गरी होमस्टे जस्ता कार्यक्रम सञ्चालनको व्यवस्था मिलाई पर्यटन प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता दिइनु,
नगर क्षेत्रभित्र रहेका मठ, मन्दिरस पाटी, पौवास जात्रा, पर्व, मेला लगायतका पुरातात्विक महत्वका भौतिक एवं अभौतिक ९त्बलनष्दभि बलम क्ष्लतबलनष्दभि० सम्पदाको अभिलेख तयार गरी तिनको उचित संरक्षण गर्ने र त्यस्ता सम्पदाहरुलाई पर्यटन प्रर्वद्र्धनसँग जोडिनु,
इचंगु –सीतापाइला–रामकोट–भिमढुङ्गा–स्युचाटार मन्दिर सर्किट विकास गरी सो क्षेत्रको पर्यटन प्रवद्र्धन
सहकारी
नगर क्षेत्रभित्रका कृषि, पुष्प खेति, तरकारी तथा पशुपालन र उत्पादनलाई बजारीकरण प्रोत्साहन गरि युवाहरुलाई आकर्षण गरि रोजगारी सृजना गर्ने र आवश्यकता अनुसार प्रराम्भिक सहकारी र राष्ट्रिय सहकारी बैक संग सहकार्य गर्ने
गरिबी परिचय पत्र प्राप्त गरेका नागरिकहरुलाई क्षमता अभिवृदी गराई सहकारी र सहकारी बैंक मार्फत गरीबी न्यूनीकरण कार्यक्रम संचालन गरनुपर्ने र महिला, युबाहरुलाई सहकारी मार्फत रोजगारि सृजना गरिनुपर्ने, यसको लागि सहकारी संग सामान्य गरि साना उधोग र पर्यटन प्रबन्ध गर्नुपर्ने,
सामाजिक सुरक्षा भत्ता सहकारीको माद्याम बाट घर दैलोमा वितरण गर्नुपर्ने,
दैनिक उपभोग बस्तुहरु र खाद्यान्न भण्डार तथा बजरिकर्ण को ब्यबस्थित गर्न सहकारी मार्फत उपभोता पसल संचालन गर्न प्रोत्साहन गरिनुपर्ने,
नगर क्षेत्रमा रहेका सहकारी एकिकरणलाई प्रोत्साहन गराउनुपर्ने,
बिबिध
नगर क्षेत्रभित्रका सीतापाइला भिमदुंगा सडकमा हजारौ जनताहरुले ६ मिटरको सडक बिना मुवाब्जा ११ मिटर निर्माण गर्न नगरपालिकाको नेतृत्वलाई सहयोग गरेकोले यो नगरपालिका र जनसहभागिताको नमुना समेत भएको यसै मापदण्ड कायम गरि बाँकि जग्गामा घर निर्माण खुल्ला गरि दिनुपर्ने र हाल आयको राष्ट्रिय राजमार्ग अवधारणा खारेज गर्नुपर्ने,
हालको कोरोना भाइरको महामारी व्यवस्थापन गर्न विशेष नगरप्रमुख कोषको ब्यबस्था गरि नगर क्षेत्रमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणको लागि बजेट सहित युबाहरुलाई परिचालन गर्नुपर्ने,
नगर क्षेत्रमा रहेको विशेष गरि अव्यवस्थित माशु पसलहरुलाई ब्यबस्थित र गुणस्तर बनाउन बिशेस नगरस्तरीय कार्यविधि निर्माण गरि कडाई साथ लागु गर्नुपर्ने लगायतका माग राख्दै नगरसभापति केदार मानन्धरको नेतृत्वमा काँग्रेसका नेता कार्यकर्ता तथा आम जनताहरु नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउन नगरपालिकामा उपस्थित भएका थिए ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...