

काठमाडौं । नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले नेपाल पत्रकार महासंघको सदस्यता टुंगो नलागेसम्म उपत्यका प्रदेश समितिको साधारण सभा नगर्न ध्यानाकर्षण गरेको छ।
उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनालको नेतृत्वमा गएको गएको पदाधिकारी तथा सदस्यहरुको टोलीले विहीबार महासंघको उपत्यका समितिका अध्यक्ष श्रीजन झालाई ध्यानाकर्षण पत्र बुझाउँदै आगामी वैशाख ८ गतेको लागि तोकिएको प्रदेश समितिको साधारण सभा सदस्यता टुंगो नलागेसम्मका लागि स्थगित गर्न आग्रह गरेको हो।
‘महासंघले प्रारम्भ गरेको सदस्यता शुद्धिकरण अभियानप्रति प्रदेश समितिको सँधै साथ, सहयोग र समर्थन रही आएको छ। तर, महासंघको उपत्यका प्रदेश समिति र जिल्ला शाखाहरुको साधारण सभा सदस्यता टुंगो नलाग्दै तोकेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ।
महासंघको उपत्यका प्रदेश अधिवेशन सहभागीहरुको नामावली टुंगो नलगाई यही २०८१ वैशाख ८ गते तोकिएको छ।

महासंघको उपत्यका प्रदेशको साधारणसभा सदस्यता शुद्धिकरणको अभियान टुंगोमा नपुग्दै नविकरण भएका र नयाँ सदस्यको नामावली तयार नभइ अधिवेशन गर्न खोजिए उत्पन्न हुने परिस्थितिको जिम्मेवार महासंघको उपत्यका समिति नै हुने चेतावनी दिएको छ।
सो अवसरमा उपत्यका प्रदेश तथा प्रतिष्ठान समितिका महासचिव साहिला तामाङ्ले ध्यानाकर्षण पत्र पढेर सुनाएका थिए। महासंघका उपत्यका प्रदेश समिति अध्यक्ष श्रृजन झाले युनियनको ध्यानाकर्षण पत्रका सम्वन्धमा आफूले वैठक बसी छलफल गरेर निष्कर्षमा पुर्याउने बताए।

महासंघको उपत्यका प्रदेश समितिका महासचिव टेनिस रोका, युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिका पदाधिकारी र सदस्यहरुको सो अवसरमा उपस्थिति थियो । सो अवसरमा युनियनका प्रदेश अध्यक्ष खनालले आफूहरुको ध्यानाकर्षण पत्रको महासंघले सुनुवाई गर्ने विश्वास व्यक्त गरे।


सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...