टुडीखेलमा घोडेजात्रा समारोह सम्पन्न – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

टुडीखेलमा घोडेजात्रा समारोह सम्पन्न

काठमाडौ.। राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाले घोडेजात्राको अवसरमा सैंनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गर्यो।

सोमबार घोडेजात्रा समारोह २०८० को अवसरमा सेनाले सैनिक मञ्च, टुँडिखेलमा अश्वकला प्रदर्शनीसहित आयोजित समारोहमा घोडासँग सम्वन्धित खेलहरुको आयोजना गरिएको थियो ।

सो अवसरमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो–जम्प, म्युजिकल राइडका साथै सैनिक डगहरुको कला प्रदर्शन समावेश गरिएको थियो।

समारोहमा प्रमुख अतिथि राष्ट्रपति पौडेलले म्युजिकल राईडमा प्रथम र द्वितीय हुने उप सेनानी प्रसिद्ध बानिया र उप सेनानी निरोज थापा तथा सो–जम्पमा प्रथम र द्वितीय हुने सह सेनानी अशोक खकुरेल र प्युठ ओम प्रकाश यादवलाई पुरस्कार प्रदान गरेका थिए।

सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखका साथै मन्त्रीहरु, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, राजदूतहरू, विभिन्न मुलुकका सैनिक सहचारीहरूले एवम् सर्वसाधारणले समेत घोडेजात्राको अवलोकन गरेका थिए।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० चैत्र २६, २३: १३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० चैत्र २६, २३: १३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० चैत्र २६, २३: १३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....