क्यानको केन्द्रीय कमिटी सदस्यमा लामा नियुक्त – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

क्यानको केन्द्रीय कमिटी सदस्यमा लामा नियुक्त

काठमाडौं। नेपाल क्रिकेट संघको केन्द्रीय सदस्यमा छुम्बी लामा नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा क्यानले लामालाई केन्द्रीय सदस्य नियुक्त गरेको हो ।

क्यानको विधानअनुसार केन्द्रीय समितिमा राखेपको सिफारिसमा एक जना केन्द्रीय सदस्य नियुक्त हुने व्यवस्था रहेको छ। छुम्बी क्यानको अघिल्लो कार्यकालमा पनि केन्द्रीय समिति सदस्य थिए ।

कुनै समय उनी क्यानको कर्मचारी थिए । सन् २०१३ मा कार्यालय प्रमुख ‘अफिस हेड’का रूपमा क्यानमा प्रवेश गरेका उनी उक्त जिम्मेवारीमा २ वर्ष रहे ।

त्यसपछि उनले चिफ अपरेटिङ अफिसर (सीओओ)का रूपमा क्यानमा काम गरेका थिए ।

क्यान बोर्ड विवादमा रहेका उनी आन्तरिक व्यवस्थापनमा सक्रिय थिए । सन् २०२० मा आएको क्यान बोर्डमा उनी केन्द्रीय सदस्य बन्न सफल भएका थिए ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० चैत्र २८, १३: ५१

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० चैत्र २८, १३: ५१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० चैत्र २८, १३: ५१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...