चिकित्सक नहुँदा थन्किए उपकरण – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौंडा। हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए।

बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंले चाँडोभन्दा चाँडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्याइ रहेको बताए।

उनले भने, ‘मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एकजना चिकित्सकको आवेदन पर्‍यो, तर उमेरका कारण उहाँलाई नियुक्ति दिन मिलेन। विज्ञापन भएका बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि उमेर नपुग्ने, मापदण्ड पूरा नहुनेलगायत विविध समस्या आइलाग्छन्।’

अन्य उपकरण अन्य विशेषज्ञबाट पनि चलाउन सकिने तर मुटुरोगका उपकरण मुटुरोग विशेषज्ञबाहेकले चलाउन नमिल्ने भएकाले चिकित्सक नियुक्तिविना उपकरण प्रयोगमा ल्याउन कठिन भएको उनको भनाइ छ।

अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालन गरेपछि मधेस प्रदेशबाट सुत्केरी हुन आउनेको संख्यामा वृद्धि भइरहेको छ। हाडजोर्नी, छालारोग, सघन उपचार कक्षलगायत सेवा पनि उपलब्ध भएकाले अस्पतालमा बिरामीको चाप बढेको सदस्य चौलागाईंले बताए।

रोटरी क्लब अफ मकवानपुरको सहयोगमा आठ महिनाअघि ल्याइएको एक करोड रुपैयाँको उपकरण प्रयोगविहीन छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्यालले विशेषज्ञ चिकित्सकको शीघ्र व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ बैशाख २, १०: १०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ बैशाख २, १०: १०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ बैशाख २, १०: १०

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...